काठमाडौं। गरीबसँग विश्वेश्वर कार्यक्रमका कर्मचारीहरूले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सहयोग गरेका छन्।
कार्यक्रमका देशभर कार्यरत कर्मचारीहरूले तीन लाख ८८ हजार ८०० रूपैयाँ सहयोग गरेका हुन्।
कार्यक्रमका संयोजक विद्यासागर पाण्डेले भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्याललाई रकम हस्तान्तरण गरे।
राज्य संकटमा परेको बेला हरेक नागरिकले आफ्नो तर्फबाट सक्दो सहयोग पुर्याउनु सम्पूर्ण नागरिकको दायित्व भएको भन्दै कर्मचारीले सहयोग संकलन गरेर सरकारलाई हस्तान्तरण गरेको संयोजक पाण्डेले बताए।
कोभिड–१९ को संक्रमणबाट सिर्जित असहज परिस्थितिमा थप जटिलताबाट नागरिक गुज्रिन नपरोस् भन्ने उद्देश्यले सरकारले सञ्चालन गरेका विभिन्न गतिविधिमा सहयोग गर्न स्थानीय तह, जिल्ला र केन्द्रमा क्रियाशील रहेको छ।
गरीबसँग विश्वेश्वर कार्यक्रम देशका ७७ वटै जिल्लामा सञ्चालन भइरहेको छ।
" /> काठमाडौं। गरीबसँग विश्वेश्वर कार्यक्रमका कर्मचारीहरूले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सहयोग गरेका छन्।कार्यक्रमका देशभर कार्यरत कर्मचारीहरूले तीन लाख ८८ हजार ८०० रूपैयाँ सहयोग गरेका हुन्।

">