ढाकामा बुद्ध एअरको चार्टर्ड फ्लाइट, सिकिस्त बिरामी काठमाडौं ल्याइयो
काठमाडौं। बुद्ध एअरले बङ्गलादेशको ढाकाबाट सिकिस्त विरामीको उद्धार गरी काठमाडौं ल्याएको छ।

बङ्गलादेशमा अध्ययनरत एक जना नेपाली विद्यार्थी सिकिस्त बिरामी परेपछि उनका आफन्तले जहाज चार्टर्ड गरेर काठमाडौं ल्याएका हुन्।

आज विहान १०ः३० बजे बङ्गादेशको ढाकातर्फ प्रस्थान गरेको जहाज आजै फर्किएर दिउँसो ३ः५० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थलका अधिकारीहरूले बताए।

ढाकाबाट क्यान्सरको लक्षण देखिएको बिरामी उद्धार गरेर काठमाडौं ल्याइएको बुद्ध एअरको बरिष्ठ बजार निर्देशक रूपेश जोशीले बताए।

“ढाकामा अध्ययनरत विद्यार्थी बिरामी परेकाले लिन जाने भनेपछि मेडिकल इभाकुएशन फ्लाइको अनुमति बुद्ध एअरले लिएको थियो”, नेपाल नागरिक उडड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले भने।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्