काठमाडौं। नेपाल एअरलाइन्सको जहाज फेरि अस्ट्रेलिया जाने भएको छ। नेपालमा रहेका अस्ट्रेलियन नागरिक लिएर नेपाल एअरलाइन्सको वाइडबडी जहाज दोस्रोपटक अस्ट्रेलिया जान लागेको हो।
यसअघि १९ चैतमा नेपाल एअरलाइन्सको जहाज अस्ट्रेलियाको ब्रिसवेन पुगेर फर्किएको थियो। यसपटक भने नेपाल एअरलाइन्स अस्ट्रेलियाको सिड्नी जान लागेको हो।
अस्ट्रेलियन दूतावासले अस्ट्रेलिया फर्कन चाहने व्यक्तिलाई सम्पर्कमा आउन सूचित गरेको छ।
“आगामी ६ मे (२४ वैशाख)मा अस्ट्रेलियाको लागि कुरा भएको छ। अझै धेरै समय बाँकी भएकाले मिति परिवर्तन हुन पनि सक्छ”, नेपाल एअरलाइन्सका प्रवक्ता अर्चना खड्काले देखापढीसँग भनिन्।
नेपालमा रहेको अस्ट्रेलियन दूतावासले भने यसपटक नेपालमा रहेका अस्ट्रेलियन नागरिकको टिकट व्यवस्थापनको जिम्मा पनि नेपाल एअरलाइन्सलाई नै दिएको छ। अहिलेसम्म करीब ६० जना अस्ट्रेलियन नागरिकले टिकट काटिसकेको नेपाल एअरलाइन्स स्रोतले बतायो।
यसअघि एक ट्राभल एजेन्सीमार्फत् अस्ट्रेलियन दूतावासले टिकटको व्यवस्थापन गरेको थियो। त्यसमा नेपाल एअरलाइन्स र उक्त ट्राभल एजेन्सीबीच कमिसनको विवादले चर्को रूप लिएको थियो।
“दूतावासले हामीलाई बालबालिका, युवा र वृद्धको वर्गिकरण गरेर यात्रुको सूची दिएको छ। अस्ट्रेलिया जानेहरूले पहिला दूतावासमा सम्पर्क गरेर नेपाल एअरलाइन्समा टिकटको लागि सम्पर्क गर्ने व्यवस्था मिलाइएको छ”, नेपाल एअरलाइन्सका एक अधिकारीले भने।
टिकटको मूल्य भने यात्रु स्वयंले तिर्नुपर्छ।
सेनाले पनि नेपाल एअरलाइन्स नै पठाउने
औषधि र स्वास्थ्य सामग्री खरिदको जिम्मा पाएको नेपाली सेनाले पनि ती सामग्री लिनको लागि नेपाल एअरलाइन्सकै जहाज चीन पठाउने तयारी गरेको छ।
जीटूजी (सरकारले सरकारसँग) प्रक्रियाबाट स्वास्थ्य सामग्री खरिदको काम गरिहेको नेपाली सेनाले नेपाल एअरलाइन्सको जहाज चार्टर्डको लागि प्रस्ताव पठाएको छ।
“नेपाल एअरलाइन्सको जहाज चीन जानको लागि प्रस्ताव आएको छ। यसमा काम गरिरहेका छौँ। व्यवसायिक सम्झौता भने भइसकेको छैन”, नेपाल एअरलाइन्सका एक अधिकारीले बताए।
२२ देखि २४ वैशाख भित्रमा चीनमा जहाज पठाउने गरी छलफल भइरहेको तर, मिति टुङ्गो लागिनसकेको उनले बताए।
स्वास्थ्य सामग्री खरिदको लागि नेपाली सेनाले एक करोड ८४ लाख ४१ हजार ७०६.३५ अमेरिकी डलर चीन सरकारलाई भुक्तानी गरिसकेको छ।
नेपाली सेनाले खरिद गर्ने स्वास्थ्य सामग्रीमध्ये अत्यावश्यक सामग्री हवाई माध्यमबाट र बाँकी सामग्री भने स्थलमार्गबाट ल्याउने तयारी भएको नेपाली नेपालका प्रवक्ता विज्ञानदेव पाण्डेले बताएका छन्।
नेपाल एअरलाइन्सको जहाजले निजी क्षेत्रको चार्टर्डमा पटकपटक चीनको गोन्जाओबाट स्वास्थ्य सामग्री ल्याइसकेको छ।
पढ्नुहोस्
नेपाली कामदार लिएर दक्षिण कोरिया जाँदै नेपाल एअरलाइन्स
" /> काठमाडौं। नेपाल एअरलाइन्सको जहाज फेरि अस्ट्रेलिया जाने भएको छ। नेपालमा रहेका अस्ट्रेलियन नागरिक लिएर नेपाल एअरलाइन्सको वाइडबडी जहाज दोस्रोपटक अस्ट्रेलिया जान लागेको हो।यसअघि १९ चैतमा नेपाल एअरलाइन्सको जहाज अस्ट्रेलियाको ब्रिसवेन पुगेर फर्किएको थियो। यसपटक भने नेपाल एअरलाइन्स अस्ट्रेलियाको सिड्नी जान लागेको हो।

">