काठमाडाैं। केही समय अघि सामाजिक सञ्जालमा एक सिंहको तस्वीर एकाएक भाइरल भयो। तस्वीरमा देखिन्थ्यो, मध्यरातमा सिंह शहर पसेको छ। उभिएर यताउति नियाल्दै छ। चोकमै सेतो कार पनि रोकिएको छ। तर, मानिस भएजस्तो लाग्दैन। वरिपरि ठडिएका ठूल्ठूला बिल्डिङमा पनि बत्ती बलेका छन्। तर, सिंहको डरले मानिसहरू घरभित्रै लुकेका छन्।
‘रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले मानिसहरूलाई घरभित्रै राख्न ८०० बाघ र सिंह सडकमा छोडे’ भन्ने क्याप्सनसहितको यो तस्वीर सामाजिक सञ्जालमा धेरै सेयर भयो। तर, केही दिनपछि यो पोस्ट देखिएन। किनकी फेसबुकले यो तस्वीर र क्याप्सन गलत भएको भन्दै तस्वीरमा ‘फल्स इन्फर्मेसन’ लेख्यो।
भारतका मन्जोरी बोर्काेटोकीले यसबारे सत्य छानबिन गरेका थिए। छानबिनपछि यो तस्वीर क्याटर्स न्युज एजेन्सीले २०१६ मा नै सार्वजनिक गरेको पत्ता लाग्यो। मध्यरातमा दक्षिण अफ्रिकाको कुनै शहरमा खिचिएको थियो यो तस्वीर। तस्वीर र क्याप्सन फेक भएको पत्ता लाग्ने बित्तिकै फेसबुकले यो पोस्टलाई ‘फल्स इन्फर्मेसन’ लेख्यो।
यो मात्रै होइन, केही समय अघि इटलीका अस्पतालका दुई चिकित्सक जोडीले चुम्बन गरिरहेको तस्वीर पनि भाइरल भएको थियो। कोरोना संक्रमितको उपचार गर्दागर्दै आफू पनि संक्रमित भएको थाहा पाएपछि उनीहरू चुम्बन गरिरहेका छन्, र उनीहरूको आधा घण्टापछि मृत्यु भयो भनिएको थियो। तर, यो तस्वीर पनि गलत थियो। वास्तवमा यो तस्वीर स्पेनको बार्सिलोना रेलवे स्टेसनमा लिइएको थियो। एसोसियटेट प्रेस (एपी)ले यो तस्वीर १३ मार्च २०२० मा पोस्ट गरेको थियो। फोटो पत्रकार एमिलिओ मोरेनाटीले यसलाई आफ्नो इन्स्टाग्राममा पोस्ट गरेका थिए।
यी मात्रै होइन, केही समययता थुप्रै यस्ता गलत वा तथ्यरहित समाचारहरू वा सूचनाहरू प्रवाह भइरहेका छन्। जस्तै, घरपालुवा जनावरहरूले पनि नोबल कोरोना भाइरस मानिसमा सर्न वा फैलाउन सक्ने, रक्सी पिउनाले, धूमपान गर्नाले वा तीलको तेल शरीरमा लगाउनाले कोरोना भाइरस मर्ने वा शरीरमा पस्न नदिने जस्ता सूचना पनि फैलाइए, यो क्रममा। तर, यसबारे कुनै पनि लिखित वा मौखिक प्रमाणहरू थिएनन्। तर, यिनले मानिसहरूमा प्रभाव भने जमाएका थिए।
गलत सूचनाको महामारीलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक डा. टेड्रोस अडानोम गेब्रियससले इन्फोडेमिकको संज्ञा दिएका छन्। गत १५ फेब्रुअरीमा सम्पन्न मुनिच सेक्युरिटी कन्फ्रेन्समा गेब्रियससले भनेका थिए, “हामी केवल एक महामारीसँग मात्रै लडिरहेका छैनौँ, इन्फोडेमिकसँग पनि लडिरहेका छौँ।”
नेपालमा पनि कोभिड-१९ को दोस्रो बिरामी नभेट्टाएको अवस्थामा यसबाट नै मृत्यु भएको भन्दै भ्वाइस म्यासेज पठाइयो। अन्ततः समाजमा त्रास फैलाउने भक्तपुर सिपाडोलका २० वर्षीय विवेक थापा मगर पक्राउ परे।
त्यस्तै कोरोना भाइरस संक्रमणको कारण एकजनाको निधन भएको अफवाह सामाजिक सञ्जालमा फैलाउने कञ्चनपुरका एक युवा २१ चैतमा पक्राउ परेका छन्।
अफवाहको महामारी
मानव जाति अहिले प्यान्डेमिक (विश्वव्यापी महामारी) विरूद्ध जुधिरहेछ। कोभिड-१९ को खोप र उपचार खोज्न संसारभरका वैज्ञानिकहरू दिनरात तल्लिन छन्। तर, आमसमुदायका लागि कोभिड-१९ को प्यान्डेमिक मात्र होइन, यसबारे फैलिने अफवाहहरूको पनि उत्तिकै डर छ। यो गलत सूचनाको महामारीलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक डा. टेड्रोस अडानोम गेब्रियससले इन्फोडेमिकको संज्ञा दिएका छन्। गत १५ फेब्रुअरीमा सम्पन्न मुनिच सेक्युरिटी कन्फ्रेन्समा गेब्रियससले भनेका थिए, “हामी केवल एक महामारीसँग मात्रै लडिरहेका छैनौँ, इन्फोडेमिकसँग पनि लडिरहेका छौँ।”
उनले प्रयोग गरेको इन्फोडेमिक शब्दको अर्थ हो कुनै घटना वा विषयबारे फैलाइने अफवाहको महामारी। कुनै पनि घटना वा विषयबारे धेरै सूचना फैलिँदा सही सूचनासँगै गलत सूचना पनि फैलाइएका हुन्छन्। आममानिसले सही र गलत छुट्याउन भ्याउँदैनन्। जसले गर्दा गलतलाई पनि सही मान्न थाल्छन्।
“गलत समाचार कोरोना भाइरस भन्दा छिटो र अधिक सजिलोसँग फैलिन्छ र यो खतरनाक हुन्छ”, गेब्रियससले भनेका छन्, “भाइरस र यसको उपचारको चिन्ता त छँदै थियो, अब हामी अफवाहहरू र गलत सुचनाको प्रवाहबारे पनि चिन्तित छौँ किनकी यसले बाधा पुर्याइरहेका छन्।”
गेब्रियससले यसो भनिरहँदा चीनमा केवल ६६ हजार मानिस कोभिड-१९ बाट संक्रमित थिए भने चीनबाहिर जम्मा ५०५ जना। त्यतिबेलासम्म यो कोभिड-१९ विश्वव्यापी महामारी भइसकेको थिएन। मानिसहरू किन र कसरी मरिरहेका छन्, र उनीहरूलाई कसरी बचाउन सकिन्छ भन्नेबारे धेरै खोज शुरू भएको थियो। त्यतिबेला अमेरिकाले चीनमा भाइरस छोडेको हल्ला फैलिएको थियो। अहिले परिदृश्य फेरिइसकेको छ। चीनमा निको हुने संख्या बढ्दै छ। तर, युरोप अमेरिकालगायत अन्य देशमा मृत्यु हुनेको संख्या बढ्दै छ। अहिले फेरि चीनले पैसा कमाउन भाइरस आफैं छोडेको भन्ने हल्ला फैलिएको छ।
गेब्रियससले यो संकटको राजनीतिकरण नगर्न आग्रहसमेत गरेका थिए। “हामीसँग एउटा विकल्प छ, के हामी एक आम र खतरनाक दुश्मनको सामना गर्नको लागि एकजुट हुन सक्छौँ ? या हामी भय, सन्देह, र तर्कहीनतालाई हामीमाथि राज गर्न दिएर विचलित र विभाजित गर्ने अनुमति दिन्छौँ ?”, उनले भनेका थिए, “यो तथ्यको समय हो, डरको होइन, यो तर्कसंगतताको समय हो, अफवाहहरूको होइन, यो एकजुट हुने समय हो, लाञ्छना लगाउने होइन।”
यस्ता अफवाह र गलत सूचनाको प्रसारलाई रोक्न विश्व स्वास्थ्य संगठनले फेसबुक, गुगल, पिनट्रेस्ट, टेन्सेन्ट, ट्वीटर, टिकटक, युट्युब र अन्य मिडिया कम्पनीसँग काम गरिरहको छ। यी सूचना कम्पनीहरूले अफवाहहरू सकेसम्म आफैं फिल्टर गरेर हटाउन काम गरिरहेका छन्।
“अज्ञानता र बढ्दो अनिश्चितताको कारण प्रकोप परिदृश्यले मानिसहरूको दिमागमा डरको स्तर बढाउँछ। समाजमा घटेका घटनाहरू पढ्दा वा हेर्दाहेर्दा हामी आफैं कुनै भूतको फिल्ममा बाँचिरहेका छौँ भन्नेसम्मको असर पार्न जान्छ। जसले दीर्घकालीन असर पुर्याउन सक्छ।”
गलत सूचनाले मनोविज्ञानमा असर
लकडाउनका कारण घरमै बस्न परेपछि मानिसहरू अहिले सामाजिक सञ्जालमा निकै सक्रिय छन्। कोभिड-१९ बारे धेरै जानकारी उनीहरूले सामाजिक सञ्जालबाटै बटुल्छन्।
सामाजिक सञ्जाल विशेषज्ञ डेनिज उनेयका अनुसार चार महीनाको दौरानमा कोभिड-१९ र कोरोना भाइरसबारे तीन अर्ब भन्दा बढी सामग्री सामाजिक सञ्जालमा पोस्ट भएका छन्। त्यस्तै #COVID19 #CoronaVirus का १० अर्बभन्दा बढी सामग्री सामाजिक सञ्जालमा पोस्ट भएका छन्।
यी सबै संख्याले सामाजिक सञ्जाल आम मानिसहरूका लागि जानकारी पाउने मुख्य स्रोत भएको पुष्टि गर्छ। तर, गलत जानकारीले मानिसको मनोविज्ञान, दैनिक जीवन र व्यवहारमा नै नकारात्मक असर पारिरहेको उनेयले उल्लेख गरेका छन्।
अफवाहहरूले मानिसमा नकारात्मक प्रभाव पार्ने उनेय उल्लेख गर्छन्। त्यसमाथि अहिले बढ्दै गएको संक्रमितहरूको संख्याले मानिसमा डर र डिप्रेसनको खतरा बढ्ने उनेयले बताएका छन्। भन्छन्, “अज्ञानता र बढ्दो अनिश्चितताको कारण प्रकोप परिदृश्यले मानिसहरूको दिमागमा डरको स्तर बढाउँछ। समाजमा घटेका घटनाहरू पढ्दा वा हेर्दाहेर्दा हामी आफैं कुनै भूतको फिल्ममा बाँचिरहेका छौँ भन्नेसम्मको असर पार्न जान्छ। जसले दीर्घकालीन असर पुर्याउन सक्छ।”
तपाईंले फेसबुक, ट्वीटर वा अन्य सामाजिक सञ्जालमा कुनै तस्वीर भेट्टाउनु भयो भने त्यसको वास्तविकता पत्ता लगाउन फोटोको दायाँपट्टि क्लिक गर्ने र त्यहाँ सर्च इमेज गुगल फर इमेज भन्नेमा क्लिक गर्नुभयो भने त्यसको सही जानकारी पाउन सक्नुहुन्छ।
नेपालमै पनि कोरोना मार्ने औषधि भन्दै रक्सीको प्रचार गरिएको पाइयो। विभिन्न सञ्चारमाध्यमले नियतवश नै गलत सूचना फैलाए। भ्रम र अफवाह फैलाउने त्यस्ता १७ वटा अनलाइनलाई प्रेस काउन्सिल नेपालले बन्द गर्ने निर्णय गर्यो। १० चैतदेखि १६ चैतसम्म कोरोना संक्रमणबारे जथाभाबी पुष्टि नभएका, समाजलाई आतंकित र उत्तेजित पार्ने खालका समाचार दिएका ३६ अनलाइनलाई स्पष्टीकरण सोधेको र १७ वटालाई नेपालभित्र प्रकाशन र प्रसारण हुन नसक्ने गरी व्यवस्था मिलाउन दूरसञ्चार प्राधिकरणलाई काउन्सिलले पत्राचार गरेको थियो।
कसरी थाहा पाउने सत्य
तपाईंले पाएको जानकारी सत्य हो कि होइन भनेर थाहा पाउने थुप्रै उपायहरू छन्। फ्याक्टचेक https://www.factcheck.org/ मा क्लिक गरेर तपाईंले कुनै पनि समाचारबारे सत्यतथ्य थाहा पाउन सक्नुहुनेछ। त्यस्तै नेपाली समाचारका लागि साउथ एसिया चेक https://southasiacheck.org/np/ वा नेपाल तथ्य जाँचको वेभसाइट http://www.nepalfactcheck.org/ बाट पछिल्ला समाचार वा तस्वीर सत्य हुन् वा होइनन् भन्ने थाहा हुन्छ।
त्यस्तै तपाईंले फेसबुक, ट्वीटर वा अन्य सामाजिक सञ्जालमा कुनै तस्वीर भेट्टाउनु भयो भने त्यसको वास्तविकता पत्ता लगाउन फोटोको दायाँपट्टि क्लिक गर्ने र त्यहाँ सर्च इमेज गुगल फर इमेज भन्नेमा क्लिक गर्नुभयो भने त्यसको सही जानकारी पाउन सक्नुहुन्छ।
" /> काठमाडाैं। केही समय अघि सामाजिक सञ्जालमा एक सिंहको तस्वीर एकाएक भाइरल भयो। तस्वीरमा देखिन्थ्यो, मध्यरातमा सिंह शहर पसेको छ। उभिएर यताउति नियाल्दै छ। चोकमै सेतो कार पनि रोकिएको छ। तर, मानिस भएजस्तो लाग्दैन। वरिपरि ठडिएका ठूल्ठूला बिल्डिङमा पनि बत्ती बलेका छन्। तर, सिंहको डरले मानिसहरू घरभित्रै लुकेका छन्।‘रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले मानिसहरूलाई घरभित्रै राख्न ८०० बाघ र सिंह सडकमा छोडे’ भन्ने क्याप्सनसहितको यो तस्वीर सामाजिक सञ्जालमा धेरै सेयर भयो। तर, केही दिनपछि यो पोस्ट देखिएन। किनकी फेसबुकले यो तस्वीर र क्याप्सन गलत भएको भन्दै तस्वीरमा ‘फल्स इन्फर्मेसन’ लेख्यो।

">