काठमाडौं। भाटभटेनी सुपरमार्केटले बढी मूल्य लिनु प्राविधिक र कानूनीरूपमा आफ्नो गल्ती भएको स्वीकार गरेको छ। तर, उपभोक्ता ठग्ने र गलत बाटोबाट पैसा कमाउने नियतले उपभोग्य वस्तुमा बढी मूल्य लिएको नभई प्राविधिक कारणले त्यस्तो भएको स्पष्ट पारेकाे छ।
आज सार्वजनिक गरिएको विज्ञप्तिमा भनिएको छ, ‘टेकुमा रहेको काष्ठमण्डप खाद्य उद्योग प्रालिबाट आपूर्ति गरिएको २५० ग्रामको लाखमरी प्याकेटमा बढी मूल्य लिएको भन्दै वाणिज्य विभागले जरिवाना गरेको हो।’
भाटभटेनीले विगत लामो समयदेखि उक्त उद्योगबाट नेवार समुदायमा माग हुने लाखमरीलगायत सामान किनेर उचित मूल्यमा आफ्ना आउटलेटमार्फत् बिक्री गर्दै आएको छ।
सबै आउटलेटमार्फत् बिक्री हुने हरेक सामानको मूल्य र स्टकको हिसाबकिताब राख्न बारकोड प्रयोग गर्दै आएको बताउँदै भाटभटेनीले लकडाउनको जटिल परिस्थितिमा लाखमरीमा बारकोडको स्टिकर टाँस्ने जिम्मा सामान आपूर्तिकर्ता काष्ठमाण्डप खाद्य उद्योगलाई नै दिइएको जनाएकाे छ।
उक्त उद्योगले पनि लकडाउनकै कारण सीमित कर्मचारीबाट काम गराउँदा २५० र ५०० ग्रामको ५० वटा लाखमरी प्याकेटमा एउटै मूल्यको बारकोड स्टिकर टाँसेको र सोही बारकोड भाटभटेनीको बारकोड रिडरले पहिचान गर्दा कम्प्युटर प्रणालीमा बढी मूल्य देखिन गई विभागले कारबाही तथा जरिवाना गरेको विज्ञप्तिमा उल्लेख छ।
एक लाख ५० हजारभन्दा बढी फरक मूल्यका वस्तुमध्ये एउटा वस्तुमा मानवीय त्रुटिले गल्ती देखिएको घटनालाई आधार मानेर भाटभटेनीलाई अन्यथा नठान्न पनि आमउपभोक्ता र सरोकारवाला सबैमा भाटभटेनीले अनुरोध गरेको छ।
" /> काठमाडौं। भाटभटेनी सुपरमार्केटले बढी मूल्य लिनु प्राविधिक र कानूनीरूपमा आफ्नो गल्ती भएको स्वीकार गरेको छ। तर, उपभोक्ता ठग्ने र गलत बाटोबाट पैसा कमाउने नियतले उपभोग्य वस्तुमा बढी मूल्य लिएको नभई प्राविधिक कारणले त्यस्तो भएको स्पष्ट पारेकाे छ।

">