ओली-दाहाल छलफलपछि भोलि साँझ डाकियो नेकपा सचिवालय बैठक

काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक भोलि बेलुकाका लागि बोलाइएको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भोलि बेलुका ५ बजे बालुवाटारमा बस्नेगरी नेकपाको सचिवालय बैठक आह्वान भएको बताए।

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज भएको भेटवार्तापछि सचिवालय बैठक बस्न लागेको हो।

सत्तारूढ दलका नेताहरूले सचिवालय बैठक बस्नुपर्ने माग गर्दै आएका थिए।

यसअघि आज सचिवालय बैठक बस्ने भनिएपनि दुई अध्यक्षबीचको भेटवार्ताका कारण बस्न सकेको थिएन।

प्रतिक्रिया दिनुहोस्