काठमाडौं। टोकियो ओलम्पिकका प्रमुख योशिरो मोरीले २०२१ का लागि सारिएको ओलम्पिक गेम त्यस समयमा पनि नभए यो संस्करण रद्द हुने बताएका छन्।
कोरोना भाइरस महामारीका कारण टोकियो २०२० ओलम्पिक २०२१ को २३ जुलाई देखि ८ अगष्टसम्मका लागि नयाँ मिति तय गरिएको छ।
स्वास्थ्य विज्ञहरूले कोभिड-१९ को भ्याक्सिन तथा प्रभावकारी र सर्भसुलभ औपाधि पत्ता लागेन भने सारिएको मितिमा पनि ओलम्पिक गर्न सम्भव नहुने बताएका थिए।
त्यस्तो अवस्था सिर्जना भयो भने ओलम्पिक २०२२ का लागि सर्न सक्छ ? भन्ने प्रश्नमा मोरीले भने, ‘‘सर्दैन। त्यस्तो अवस्था आयो भने ओलम्पिक रद्द हुन्छ।’’
तथापी, टोकियो २०२० ओलम्पिकका प्रमुख मोरीले सारिएको समयमै प्रतियोगिता हुने विश्वास व्यक्त गरे।
‘‘अन्यभन्दा यस ओलम्पिकको महत्व ज्यादा छ। यो समयमै गर्न सकियो भने हामीले ठूलो युद्ध जित्नेछौं,’’ मोरीले भने, ‘‘हामी यसमा विश्वास गर्छौँ अन्यथा हाम्रो कडा परिश्रम र प्रयास पुरस्कृत हुनेछैन।’’
जापानको मेडिकल एसोसिएसनका अध्यक्ष योशिटेक योकोकुराले पनि आज कोभिड–१९ को भ्याक्सिन तथा प्रभावकारी र सर्भसुलभ औपाधि पत्ता नलागे २०२१ मा पनि ओलम्पिक गर्न कठिन हुने बताएका थिए।
‘‘जापानले ओलम्पिक आयोजना गर्नुहुन्छ वा हुँदैन भनेर म भन्दिनँ तर, त्यो गर्न कठिन छ,’’ योकोकुराले भने, ‘‘जापानमा संक्रमण नियन्त्रणमा आए पनि बाँकी विश्वमा महामारी पूर्ण नियन्त्रणमा नआएसम्म प्रतियोगिता गर्न कठिन छ।’’
अधिकांश विज्ञहरूले भ्याक्सिन २०२१ को मध्यसम्म पत्ता लागिसक्ने बताउँदै आएका छन्। तथापी, उनीहरूले भ्याक्सिन सफल रूपमा विकास हुन्छ नै भन्ने निश्चित नभएको बताएका छन्।
टोकियो ओलम्पिक अध्यक्ष मोरीले खर्च कटौती गर्नका लागि ओलम्पिक र पाराओलम्पिकको उद्घाटन र समापन समारोह संयुक्त रूपमा गर्न सकिने बताएका छन्।
‘‘नाटकिय रूपमा परिस्थिति परिवर्तन भयो भने हामीले समारोहलगायतका मुख्य कुराहरूमा परिमार्जन गर्न सक्छौँ’’, उनले भने, ‘‘खर्च कटौती गर्दा विश्वमै पर्ने संकटमा राम्रो सन्देश प्रवाह गर्न सक्छौँ। तर, यो सहज भने छैन।’’
मोरीले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी तथा अन्तर्राष्ट्रिय पाराओलम्पिक कमिटीसँग यस विकल्पमा छलफल नभएको बताए। उनीहरू यस प्रस्तावमा सहमत भए पनि उद्घाटन र समापन समारोहको छुट्टाछुट्टै टिकट विक्री भइसकेको छ।
" /> काठमाडौं। टोकियो ओलम्पिकका प्रमुख योशिरो मोरीले २०२१ का लागि सारिएको ओलम्पिक गेम त्यस समयमा पनि नभए यो संस्करण रद्द हुने बताएका छन्।कोरोना भाइरस महामारीका कारण टोकियो २०२० ओलम्पिक २०२१ को २३ जुलाई देखि ८ अगष्टसम्मका लागि नयाँ मिति तय गरिएको छ।

">