रुसमा कोभिड-१९ का बिरामी इरान र चीनमा भन्दा बढी, एकै दिन ६ हजार ४११ थपिए
मस्को । रुसमा एकै दिन कोभिड-१९ का ६ हजार चार सय ११ जना नयाँ बिरामी देखिएका छन् ।

पछिल्लो २४ घण्टामा देखिएका ती बिरामीसहित रुसमा कोरोना भाइरसका संक्रमितको कुल संख्या ९३ हजार पाँच सय ५८ पुगेको छ ।

बीबीसीका अनुसार यो संख्या चीन र इरानको भन्दा ज्यादा हो । इरानमा ९२ हजार पाँच सय ८४ र चीनमा ८४ हजार तीन सय ४१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

रुसको राजधानी मस्कोमा देशका अन्य क्षेत्रको भन्दा ज्यादा छ ।

रुसमा कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या हालसम्म आठ सय ६७ छ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्