काठमाडौं। नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५४ पुगेको छ। आज रौतहटमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले रौतहटका दुवैजना नयाँ संक्रमित भारतबाट आएको जानकारी दिए। उनीहरु २४ र ३५ वर्षीय युवक हुन्।
संक्रमितमध्ये १६ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्। अहिले ३८ जना उपचाररत छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार सबभन्दा धेरै ३१ जना संक्रमितको बिराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ। त्यसैगरी, वीरगञ्जस्थित नारायणी अस्पतालमा तीन जना, चितवनस्थित अस्पतालमा तीन जना र सेती प्रादेशिक अस्पतालमा एक जनाको उपचार भइरहेको छ।
" /> काठमाडौं। नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५४ पुगेको छ। आज रौतहटमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले रौतहटका दुवैजना नयाँ संक्रमित भारतबाट आएको जानकारी दिए। उनीहरु २४ र ३५ वर्षीय युवक हुन्।

">