यस्तो छ प्रदेश १ का कोरोना संक्रमित ३१ जनाको स्वास्थ्य अवस्था
विराटनगर। प्रदेश १ मा उपचार गराइरहेका कोभिड-१९ का ३१ जना बिरामीको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

विराटनगरस्थित कोशी अस्पतालको आइसोलेसनमा उपचाररत् उनीहरूलाई सामान्य औषधि चलाइएको छ।

कसैमा पनि जटिल स्वास्थ्य समस्या नदेखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

त्यहाँ उदयपुरका २८, झापाका दुई र भोजपुरका एकजनाको उपचार भइरहेको छ।

हालसमम यस प्रदेशमा पाँच हजार ९०० सयजनाको कोभिड-१९ परीक्षण गरिएको छ।

पीसीआर प्रविधिबाट एक हजार १९ जना  र आरडीटीबाट चार हजार ८८१ जनाको नमूना परीक्षण गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कोरोना सूचना डेस्कले जनाएको छ ।

प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या दुई हजार १ ४० जना पुगेको छ।

१७ जना डिस्चार्ज भएका छन्।

कोरोना संक्रमणको आशंकामा स्वास्थ्यकर्मीको निगरानीमा विभिन्न अस्पतालमा आइसोलेसनमा ३८ जना उपचाररत् छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्