वीरगंज महानगर क्षेत्रमा स्यानिटाइजर छर्कन थालियो <p>पर्सा। कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरण गर्न वीरगंजमा स्यानिटाइजर छर्किन थालिएको छ।</p> <p>पछिल्लो समय संक्रमित भेटिएको वडा नम्बर ३, १६ र नारायणी अस्पतालमा स्वर्गीय गिरिजाप्रसाद कोईराला फाउण्डेशन पर्साले स्यानिटाइजर छर्किएको हो।</p> <p>संक्रमित मध्येका एक वीरगंज- ३ घर भएका ५५ वर्षीय पुरुष वीरगंज महानगरपालिका कार्यालयमा कार्यरत् सफाइ कर्मचारी हुन्।</p> <p>फाउण्डेशनका अध्यक्ष मोहम्मद सहाबुदिनले महानगरपालिकाको ३२ वटै वडाहरूमा स्यानिटाइजर छर्किने योजना रहेको बताए।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्