जुन अन्तिमसम्ममा लकडाउन हटाउने तयारीमा स्पेन
मड्रिड। स्पेन सरकारले कोभिड-१९ फैलिन नदिन लागू गरिएको लकडाउन चार चरणमा हटाउने योजना तयार पारेको छ।

आगामी जुन अन्तिम सातासम्ममा लकडाउन पूरै हटाउने तयारीमा स्पेन सरकार छ।

बीबीसीका अनुसार प्रधानमन्त्री पेद्रो सान्चेजले लकडाउन हटाउने सरकारी तयारीको घोषणा गरेका हुन्।

‘हरेक इलाकामा कोरोना भाइरस संक्रमणको गम्भीरतालाई मध्यनजर गर्दै अलग-अलग ढंगबाट लकडाउन हटाइने छ,’ उनले भने।

उनका अनुसार स्पेनका चारवटा द्विपमा सबैभन्दा पहिले सकडाउन हटाइने सरकारी तयारी छ। त्यसपछि विस्तारै अन्य इलाका खुला गर्दै लगिने जानकारी उनले दिए।

स्पेनमा कोभिड-१९ बाट हालसम्म २४ हजार भन्दा बढीको मृत्यु भइसकेको छ। र, बिरामी संख्या दुई लाख ३२ हजार एक सय २८ जना पुगेका छन्। कोरोना भाइरस संक्रमणबाट अत्यधिक प्रभावित मुलुकमध्येमा स्पेन पनि एक हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्