१० अर्ब लगानी भित्र्याउँछुः पन्त

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष कुमार पन्तले नेपालमा वार्षिकरूपमा १० अर्ब वैदेशिक लगानी भित्र्याउन लागिपर्ने प्रतिबद्धता जनाएका छन्।

उनले एनआरएनएको नेतृत्वका लागि घरघरबाटै मतदान गर्ने व्यवस्था गर्ने पनि घोषणा गरे।

एनआरएनएका सदस्यहरूको हितका लागि ‘श्रमिक कल्याणकारी कोष’लाई तेब्बर बनाउने योजना रहेको उनको भनाइ छ।

उनले एनआरएनएलाई राजनीतिबाट मुक्त गराउन लागिपर्ने पनि प्रतिबद्धता जनाएका छन्।

पन्तले निर्वाचनका बेला आफूले निःशुल्क सदस्यता वितरण गर्ने प्रतिबद्धता गरेको उल्लेख गर्दै त्यसलाई पूरा गने अठोट पनि व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्