काठमाडौं। विमला पाठककी पाँच वर्षीया छोरी युकेजी सकेर कक्षा एकमा भर्ना हुने तयारीमा थिइन्। राम्रा भनिएका नीजि विद्यालयहरुले प्रवेश परीक्षा लिने भएकाले उनी त्यसैको तयारीमा थिइन्।
तर, लकडाउनका कारण उनको प्रवेश परीक्षा रोकियो। परीक्षाका लागि तयारी गरेकी ती सानी छोरी अहिले बारम्बार अभिभावकसँग सोधिरहन्छिन्- परीक्षा कहिले हुन्छ ?
“छोरीले पटक-पटक म परीक्षा दिन कहिले जाने, पढ्न कहिले जाने भनेर सोधेको प्रश्नको जवाफ दिन गाह्रो परिरहेको छ”, पाठक भन्छिन्।
विद्यालय जाँदा बालबालिकाले साथीसँगी भेट्न पाउँथे। उनीहरुसँग खेल्न पाउँथे। रमाउँथे। तर, लकडाउनका कारण लामो समयसम्म घरभित्रै बस्न परेपछि उनीहरु बेचैन भएका छन्।
“सजिलै बुझाउन पनि गाह्रो छ। प्रश्न सोधेपछि जवाफ नदिन पनि गाह्रो। यो परिस्थितिले साना नानीबाबुलाई निकै असर गर्ला जस्तो छ। कसरी सम्झाउने चिन्ता लाग्न थाल्यो”, पाठकको दुखेसो छ।
यस्तो दुखेसो गर्ने विमला पाठक एक्ली होइनन्। लक्ष्मी अधिकारीको पनि तीन वर्षीय छोरा छन्। उनका छोरा अहिले एलकेजीमा पढ्ने तयारीमा छन्। लकडाउनका कारण उनी पनि घरमा बस्न बाध्य छन्।
उनले पनि स्कूल कहिले जाने भनेर हैरान गर्ने गरेका छन् “यो कोरोना भाईरस कहिले सकिन्छ भनेर छोरोले सोध्दा दिने उत्तर मसँग छैन। चाँडै सकिन्छ भन्नुको विकल्प छैन। कहिलेसम्म यस्तै भन्ने? अब त आफैँ आत्तिन थालिसकेँ”, अधिकारी भन्छिन्।
हुन त केही दिनदेखि छोराको स्कूलले अनलाइन कक्षा चलाउन थालेको छ। तर, छोरा सानो भएकाले अनलाइन कक्षामा रमाउन नसकेको बताउँछिन् उनी। “छोराले म्यामले किन अनलाइन पढाउने भन्नु भएको, अब हामी स्कूल नजाने हो भनेर सोध्नथालेको छ”, उनी गुनासो गर्छिन्।
उस्तै समस्या व्यहोरिरहेकी छन् सविना थापाले पनि। लकडाउन नभएको भए उनका छोरा युकेजीमा पढिरहेका हुन्थे। तर, अहिले घरमै बस्न बाध्य छन्।
एकातर्फ स्कूल जान नपाएकाले छोराको बेचैनी बढिरहेको छ। अर्कोतिर उनले समय दिन पाइरहेकी छैनन्। कामकाजी सविना एकल परिवारमा बस्छिन्।
लकडाउनका कारण घरबाटै कार्यालयको काम गर्नुपर्ने भएकाले छोरालाई पर्याप्त समय दिन पाउँदिनन्। काम गरुन्जेल छोरालाई एक्लै खेल भन्न बाध्य छिन् उनी।
“बालबालिकालाई राम्रो व्यवहार गर्नुपर्छ तर व्यावहारिक रुपमा निकै गाह्रो छ। उनीहरु सहजै बुझ्दैनन्। हाम्रो व्यवहारले असर पर्ला भन्ने चिन्ता बढेको छ”, उनी भन्छिन्।
बालबालिकामा बढ्दै छ मनोवैज्ञानिक असर
सेभ द चिल्ड्रेनमा बाल अधिकार, सुशासन र बालअधिकार संरक्षणबारे काम गरिरहेका रविन्द्र गौतम लकडाउनको बेलामा बालबालिकालाई संरक्षण गर्न नसक्ने हो भने भयावह अवस्था आउन सक्ने बताउँछन्।
“विशेषगरी साना उमेरका बालबालिका निकै जिज्ञासु हुन्छन्। उनीहरुको उमेर नै जिज्ञासु उमेर हो। त्यसैले उनीहरु प्रश्न गरिरहन्छन्। किन घरभित्र बस्नुपरेको छ ? कसरी सुरक्षित हुन्छौं आदि सोधिरहन्छन्। उनीहरुलाई सजिलोसँग बुझाउन त गाह्रो छ तर अभिभावकले प्रयास गर्न अति आवश्यक छ। यो समयमा अभिभावक र बालबालिकाको सम्वन्ध राम्रो भएन भने बालबालिकाको मनोविज्ञानमा नकारात्मक प्रभाव पर्न सक्छ”, उनी भन्छन्।
एक महीनाको लकडाउनको समयमा गरिएका केही अध्ययनले बालबालिकामा मानसिक तनाव, डर र चिन्ता ठूलो मात्रामा बढेको पाइएको गौतमले बताए। बालबालिकामाथि मानसिक र शारीरिक दण्ड दिने प्रवृत्ति पनि बढेको उनको भनाइ छ।
“कतिपय अभिभावकले बालबालिकालाई अनुशासित बनाउन भन्दै कुटपिट गर्नुहुन्छ। यसलाई कानूनले पनि वर्जित गरेको छ तर कतिपय अभिभावकले अज्ञानतावश यस्तो गरिरहनुभएको छ। यसले बालबालिकाको मानसिक अवस्थामा असर पुर्याउने गरेको छ”, उनी भन्छन्।
बालबालिकालाई कसरी सम्झाउने ?
लकडाउनका कारण अभिभावक आफैँ पनि विभिन्न समस्यामा परेका छन्। यस्तो बेलामा बालबालिकाको चित्त बुझाउन चुनौतीपूर्ण छ।
बालबालिकालाई सम्झाउन अभिभावक सरल हुनुपर्ने र उनीहरुले बुझ्ने भाषामा सम्झाईबुझाई गर्न गौतम अभिभावकलाई सुझाव दिन्छन्।
भन्छन्, “अहिले सकारात्मक अभिभावकत्वको निकै आवश्यकता छ। बालबालिकासँग बोल्ने शैली परिवर्तन गर्न जरुरी छ। जे जे प्रश्न सोध्छन् त्यसको जवाफ नझर्किकन दिनुपर्छ। जानेको सूचना सहज भाषामा भन्न आवश्यक छ।”
अहिलेको परिस्थितिले सिर्जना गरेको आर्थिक समस्या लगायतका अनेकन् समस्याका कारण अभिभावक समेत तनावमा भएकाले समस्या झनै बढेको गौतमले बताए।
अभिभावकलाई तनावमा देख्दा बालबालिकामा मनोसामाजिक असर पर्ने उनी बताउँछन्।
“प्रदेश २ मा अध्ययन गर्दा अहिले आत्महत्याको दर बढेको छ। घरायसी झगडा पनि बढेको देखिएको छ। यस्तो अवस्थामा बालबालिका संकटमा पर्छन्”, गौतम भन्छन्।
" /> काठमाडौं। विमला पाठककी पाँच वर्षीया छोरी युकेजी सकेर कक्षा एकमा भर्ना हुने तयारीमा थिइन्। राम्रा भनिएका नीजि विद्यालयहरुले प्रवेश परीक्षा लिने भएकाले उनी त्यसैको तयारीमा थिइन्।

">