महोत्तरी। प्रदेश २ मा कोभिड-१९ परीक्षण गर्न दुई हजार १२१ जनाको थ्रोट स्वाब नमूना संकलन गरिएको छ।
पछिल्लो तीन दिनभित्र पीसीआर विधिबाट परीक्षणका लागि थप ८३१ जनाको स्वाब संकलन गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
सबैभन्दा बढी प्रदेश १ को उदयपुरमा २८ जना संक्रमित भेटिएपछि उदयपुरसँग सीमा जोडिएका प्रदेश-२ का सप्तरी र सिरहामा 'मास टेष्ट' को दायरा बढाइएको छ।
हिजो, १६ वैशाखमा रौतहटको वृन्दावन नगरपालिकाका २४ वर्षीय र देवाहीगोनाही नगरपालिकाका ३५ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएपछि ती दुवै नगर क्षेत्रको बाह्य सम्पर्क पूर्णरूपमा रोकिएको छ।
यस प्रदेशमा स्वाब संकलन गर्न स्वास्थ्य सेवा विभाग, नेपाली सेना, सशस्त्र प्रहरी र प्रदेश निर्देशनालयमातहतको जनशक्ति परिचालित छ।
अहिलेसम्म ९७६ जनाको नतिजा आएकोमा नौजनामा संक्रमण पुष्टि भएको निर्देशनालयका वरिष्ठ स्वास्थ्य अधिकृत बिजयकुमार झाले बताए।
कोभिड-१९ पोजिटिभ पाइएकामा पर्साका पाँच, रौतहटका तीन र सर्लाहीका एक छन्।
पर्सामा संक्रमित भेटिएका तीन भारतीय र रौतहटका एकजना उपचारपछि निको भएर घर फर्किसकेका छन्।
बाँकी पर्साका दुई, रौतहटका दुई र सर्लाहीका एकजना उपचाररत् रहेको वरिष्ठ स्वास्थ्य अधिकृत झाले जानकारी दिए। रासस
" /> महोत्तरी। प्रदेश २ मा कोभिड-१९ परीक्षण गर्न दुई हजार १२१ जनाको थ्रोट स्वाब नमूना संकलन गरिएको छ।पछिल्लो तीन दिनभित्र पीसीआर विधिबाट परीक्षणका लागि थप ८३१ जनाको स्वाब संकलन गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

">