धादिङ। लकडाउनमा बन्द भएको दादुरा-रुवेलाको खोप आजदेखि लगाईदैछ।
यही अवधिमा दादुरा-रुवेलाका बिरामी भेटिएपछि धादिङमा आजदेखि खोप लगाइने भएको हो।
लकडाउनकै बेला बेनिघाटरोराङ गाउँपालिका-६ मा दादुरा-रुवेलाले १५० बिरामी परे भने दुईजनाको मृत्यु भयो।
त्यस्तै गजुरी गाउँपालिका-२ डुडेठाँटी र चम्पाराङमा दादुरा-रुबेलाबाट १२ जना बिरामी भएका छन्।
दादुरा-रुवेला फैलिएका गाउँपालिकाभर खोप लगाइनेसँगै जुकाको औषधि र भिटामिनसमेत खुवाइने कार्यक्रम रहेको गजुरी गाउँपालिकाका स्वास्थ्य संयोजक डा. रामहरि रेग्मीले बताए।
गजुरी गाउँपालिकामा ७६ वटा खोप केन्द्र बनाएर आठ हजार ९७९ लाई र बेनीघाट रोराङ गाउँपालिकाको ९७ खोप केन्द्र बनाएर १२ हजारजनालाई खोप लगाइने कार्यक्रम रहेको छ।
छ महिनादेखि १५ वर्षसम्म उमेर समूहका बालबालिकालाई लगाउने खोप कार्यक्रम २४ वैशाखसम्म गतेसम्म सञ्चालन गरिने छ। रासस
" /> धादिङ। लकडाउनमा बन्द भएको दादुरा-रुवेलाको खोप आजदेखि लगाईदैछ।यही अवधिमा दादुरा-रुवेलाका बिरामी भेटिएपछि धादिङमा आजदेखि खोप लगाइने भएको हो।

">