दिल्लीमा मात्र २०० जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण

काठमाडौं। भारतको राजधानी नयाँ दिल्लीमा मात्र २०० जना चिकित्सकसहितका स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण पाइएको छ।

त्यहाँ संक्रमितको संख्या तीन हजार १०८ जना पुगेको दिल्ली राज्यका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले बताएका छन्।

"यहाँ सरकारी तथा निजी अस्पताल सबैमा गरेर २०० जना स्वास्थ्यकर्मी बिरामी परेका छन्। दिन प्रतिदिन संक्रमित हुने स्वास्थ्यकर्मीहरुको संख्या बढ्ने गरेको छ", मन्त्री जैनले भने।

कोभिड-१९ का उपचारा लागि तोकिएका अस्पतालभन्दा बाहिरको अस्पतालका स्वास्थ्यकर्मीहरूमा पनि संक्रमण पाइएको स्वास्थ्यका अधिकारीहरूले बताएका छन्।

दिल्लीको बाबु जग्जीवन राम मेमोरियल अस्पतालबाट मात्र ६० जना स्वास्थ्यकर्मीमा संक्रमण भेटिएको छ। रासस

प्रतिक्रिया दिनुहोस्