सुलभ अग्रवालको बयान शुरु, आजै थुनछेक आदेश
काठमाडौं। थर्मल गनको कालोबजारी अभियोगमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवालको काठमाडौं जिल्ला अदालतमा बयान शुरु भएको छ।
जिल्ला सरकारी वकिलको कार्यालयले अग्रवालविरुद्ध कालोबजार तथा केही अन्य सार्वजनिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।
उक्त ऐनको दफा २(क), ३(१) तथा ५ अनुसार सजायको माग दाबी गरिएको छ। सहन्यायाधिवक्ता रेग्मीले २१ लाख जरिवाना गर्न माग दाबी गरिएको बताए।
अग्रवाल अवैतानिक वाणिज्यदूत भएकाले सजाय थप हुन सक्ने भएकाले उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको बताए। महानगरीय प्रहरी परिसर काठमाडौंले अनुसन्धान सकेर प्रतिवेदन जिल्ला सरकारी वकीलको कार्यालयमा बुझाएको थियो।
२५ चैतमा महानगरीय अपराध महाशाखाको टोलीले अग्रवाललाई पक्राउ गरेको थियो। अपराध महाशाखाको टोली आफैं ग्राहक बनेर उनीसँग ६७ वटा थर्मल गन १० लाख रूपैयाँमा खरिद गर्ने सहमति गरेर पक्राउ गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्