अमेरिका। अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट थप एक नेपालीको मृत्यु भएको छ।
मृत्यु हुनेमा अमेरिकाको भर्जिनिया राज्यमा बस्दै आएका महेश पन्थी रहेका छन्। बिरामी भएर गत २६ चैतमा उनी अस्पतालमा भर्ना भएका थिए।
उनीसमेत गरी अमेरिकामा मृत्यु हुने नेपालीको सङ्ख्या १५ पुगेको छ। तीमध्ये न्यूयोर्कमा १२, कोलोराडोमा दुई र भर्जिनियामा एक जना रहेका छन्।
मेरिल्याण्ड राज्यका विधायक ह्यारी भण्डारीले दिएको जानकारीअनुसार १५ जनामध्ये सबैलाई कोरोना सङ्क्रमित भनेर पुष्टि गर्ने मजबुत आधार त छैन, तर कोरोना सङ्क्रमणका कारण मनोवैज्ञानिक त्रासले केही नेपालीको हृदयघातका कारणले पनि मृत्यु भएको देखिन्छ।
उनी भन्छन् “अरु रोग लागेका व्यक्तिमा कोरोनाको सङ्क्रमणले छिटो आक्रमण गर्ने र मानिसको रोगप्रतिरोधी क्षमता कमजोर गराइ मृत्यु नजिक पुर्याउने गरेको देखिन्छ।”
यसैबीच, एक महीना अगाडि मृत्यु भएका विष्णुकुमार राईको शवलाई हिजो १६ वैशाखमा अन्तिम संस्कार गरिएको भण्डारीले बताए।
अमेरिकामा निधन भएका नेपालीको शवलाई अन्तिम संस्कार गर्नका लागि परिवारका सदस्यसँगको समन्वयमा शवदाहगृहसम्म पुर्याउने काममा भण्डारी महत्वपूर्ण सहयोग गर्दै आएका छन्।
एनआरएन ग्लोबल हेल्थ कमिटीका संयोजक डा. सञ्जीव सापकोटाले अमेरिका, बेलायत, युएई, टर्की, आयरल्याण्ड, नेदरल्याण्ड, जापानमा गरी ५४ नेपालीको मृत्यु भएको बताए।
एनआरएनएले आफ्नो संयन्त्र परिचालन गरी १३ वैशाखसम्म सङ्कलन गरेको तथ्याङ्कमा विभिन्न २५ देशमा रहेका दुई हजार ३२ नेपालीमा कोरोनाको सङ्क्रमण देखिएको छ।
तीमध्ये ४३४ जनाले आफूलाई कोरोना भाइरस सङ्क्रमणबाट मुक्त गराउन सफल भएका छन्। सङ्ख्याका आधारमा सबैभन्दा बढी अमेरिकामा एक हजार सङ्क्रमित भएको र अहिलेसम्म मृत्यु हुनेमा सबैभन्दा बढी बेलायतमा ३३ जना रहेको तथ्याङ्क छ।
कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिकामा फेब्रुअरी ६ तारिखमा एक जनाको मृत्यु भएको थियो अहिलेसम्म सङ्क्रमणबाट ५८ हजार २२० जनाको मृत्यु भइसकेको छ। अमेरिकामा कूल १० लाख १२ हजार सङ्क्रमित पुगेका छन्।
कोरोना भाइरसको तथ्याङ्क राख्दै आएको विश्वप्रसिद्ध अमेरिकी विश्वविद्यालय जोन हपकिन्सको पछिल्लो तथ्याङ्कअनुसार १८५ देशका ३१ लाख १६ हजार ६८० जना कोरोना भाइरस सङ्क्रमणमा परेका छन् भने यसको सङ्क्रमणबाट दुई लाख १७ हजार १६८ जनाले ज्यान गुमाएका छन्। यसमध्ये २६ दशमलव ८० प्रतिशत मृत्यु अमेरिकामा मात्रै भएको छ। मधुकर अधिकारी/रासस
" /> अमेरिका। अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट थप एक नेपालीको मृत्यु भएको छ।मृत्यु हुनेमा अमेरिकाको भर्जिनिया राज्यमा बस्दै आएका महेश पन्थी रहेका छन्। बिरामी भएर गत २६ चैतमा उनी अस्पतालमा भर्ना भएका थिए।

">