सिन्धुपाल्चाेक। लकडानका कारण विगत एक महीनादेखि रोकिएको बालबालिकालाई दिइने नियमित खोप सिन्धुपाल्चोक जिल्लामा शुरू भएको छ।
नियमितरूपमा दिइँदै आएको बीसीजी, डीपीटी, पोलियो, हेपाटाइटिस, रुबेला, दादुरालगायत खोप रोकिँदा बालबालिकामा अर्को समस्या देखापर्ने भएकाले नियमित गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनअनुसार खोप शुरू गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जानकारी दिएको छ।
काेभिड-१९ को संक्रमणबाट जोगिन स्वास्थ्यकर्मीलाई मास्क र पञ्जा लगाई सुरक्षित भएर खोप लगाउन आग्रह गरिएको वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईँले बताए। तीन नगरपालिकासहित १२ स्थानीय तह रहेको जिल्लाका सबै १०३ वडामा खोप शुरू गरिएको छ। यसबाट दुई वर्षमुनिका ६ हजार बढी बालबालिकाले स्वास्थ्य सुविधा प्राप्त गर्ने जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ।
यसैबीच चौतारास्थित जिल्ला समन्वय समितिको भवनमा निर्माण गरिएको आइसोलेसनमा राखिएका दुई महिला र दुई बालिकासहित चारजनाको स्वाबकाे काेभिड-१९ परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको आएको छ।
ज्वरो आउने, टाउको दुख्ने, रुघाखोकी लागेपछि कोरोना भाइरस संक्रमणको आशङ्कामा क्वारेन्टाइनबाट आइसोलेसनमा राखिएको थियो। उनीहरू सबैको स्वाब परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएकामा सबैको रिपोर्ट नेगेटिभ भएकाले उनीहरूलार्ई आजै घर पठाइने वरिष्ठ जनस्वास्थ्य अधिकृत चापागाईंँले बताए। रासस
" /> सिन्धुपाल्चाेक। लकडानका कारण विगत एक महीनादेखि रोकिएको बालबालिकालाई दिइने नियमित खोप सिन्धुपाल्चोक जिल्लामा शुरू भएको छ।नियमितरूपमा दिइँदै आएको बीसीजी, डीपीटी, पोलियो, हेपाटाइटिस, रुबेला, दादुरालगायत खोप रोकिँदा बालबालिकामा अर्को समस्या देखापर्ने भएकाले नियमित गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनअनुसार खोप शुरू गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जानकारी दिएको छ।

">