सीमकार्डको विवरणबाट पनि ट्रेसिङ, ४० हजार भन्दा बढीलाई सम्पर्क
काठमाडौं। नेपाली सेनाको छाउनस्थित् ब्यारेकमा रहेको कोभिड-१९ क्राइसीस म्यानेजमेन्ट सेन्टर अन्तर्गत विभिन्न चारवटा कलष्टर गठन गरिएका छन्।

कलष्टरको आ-आफ्नो भूमिका रहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव लक्ष्मण अर्यालको नेतृत्वमा रहेको सेन्टरका चारमध्ये एउटा कलष्टर मिडिया एण्ड आइटी छ। त्यहाँ २० वटा कल सेन्टर राखिएका छन्।

ती कल सेन्टरको दैनिक काम भनेको चैतमा लकडाउन हुनु अघि नेपाल प्रवेश गर्नेहरूको ट्रेसिङ गर्ने काम हो। १ चैतदेखि लकडाउन गरिएको ११ चैतसम्म नेपाल टेलिकम र एनसेलबाट वितरण भएका सीमकार्डको विवरणबाट ट्रेसिङ गर्ने काम भइरहेको छ।

नेपाली सेनाका प्रवक्ता, सहायक रथी विज्ञानदेव पाण्डेले ती सीमकार्ड प्रयोग गरेर दैनिक रूपमा ट्रेसिङ गर्ने काम भइरहेको बताए। “कोभिड-१९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि ट्रेसिङको काम अनिवार्य हो”, उनले भने, “विदेशबाट आएका मानिसहरू र कोही उनीहरूको सम्पर्कमा रहेका मानिसकोसमेत अवस्था थाहा पाउन सीमकार्डको विवरण लिएर जानकारी लिने काम भइरहेको छ।”

सेन्टरले नेपाल टेलिकमले उपलब्ध गराएको २० हजार र एनसेलले उपलब्ध गराएको ४४ हजार सीम कार्डको विवरणबाट ट्रेसिङ गर्ने काम गरिरहेको छ।

“प्रत्येकलाई फोन गरेर विदेशबाट आएको हो कि होइन, कुनै लक्षण छ कि छैन भनेर जानकारी लिने काम गरिन्छ”, सहायक रथी पाण्डेले भने, “कसैमा लक्षण देखिएमा तुरुन्तै उनीहरू रहेको स्थानीय तह र सम्बन्धित् निकायमा खबर पठाइन्छ।”

त्यस्तै, सेन्टरले विदेशबाट आएका व्यक्तिहरूको पहिचान गरेर उनीहरूलाई क्वारेन्टाइनमा राख्नका लागि स्थानीय स्तरमा रहेका सीसीएमसीका समिति र स्थानीय तहमासमेत जानकारी दिने गर्छ।

विदेशबाट आएका मानिस र लक्षण देखिएकाहरूकोसमेत विवरण उपलब्ध गराउने काम हुन्छ। सीसीएमसीका अनुसार अहिलेसम्म ४० हजार ६२६ जनालाई फोन गरिसकिएको छ। ती मध्ये ८८८ जनाले विदेशबाट आएको जानकारी दिएका छन्।

१९ सय जनाले भने फोन रिसिभ नै नगरेको पाइएको छ। ७५ जनाले लक्षण देखिएको बताएका थिए। ती मध्ये ४० जना निको भइसकेका छन् भने ३० जनालाई निगरानीमा राखिएको छ।

कोभिड-१९ को संक्रमण बढ्न नदिन र टेस्टिङको दायरा बढाउन सहज होस् भनेर पनि सेन्टरले सीमकार्ड मगाएर फोनमार्फत् नै उनीहरूको अवस्थाका बारेमा जानकारी लिने काम गरिरहेको हो।

अझै करीब २४ हजार सीमकार्डको विवरणमा रहेका व्यक्तिहरूलाई फोन गरेर जानकारी लिन बाँकी छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्