काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र देखा परेको शक्ति संघर्ष रोचक मोडमा पुगेको छ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षधरले पनि पार्टीमा आफ्नो शक्ति सुदृढ देखाउन सांसदहरूको हस्ताक्षर संकलन शुरू गरेका छ्न्।

यसअघि अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल पक्षधर सांसदहरूले प्रधानमन्त्री ओलीलाई अल्पमतमा परेको देखाउन हस्ताक्षर अभियान चलाएका थिए। हिजो, १६ वैशाखमा दाहालनिकट मानिने सांसद, नेकपा स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले हस्ताक्षर अभियानले पार्टी एकतामा खलल पुर्‍याउने भन्दै सार्वजनिक रूपमै आलोचना गरेका थिए।

“हामीले हस्ताक्षर अभियान चलाएका होइनौं, प्रधानमन्त्रीलाई हाम्रो साथ छ, तपाईं ढुक्कसँग अघि बढ्नुस् भनेर समर्थन देखाएका हौं”, आज बालुवाटार पुगेका प्रतिनिधि सभा सदस्य प्रेम आलेले देखापढीसँग भने, “संख्यामा नजाऔं, प्रतिनिधिस भाका करीब ९२ जना सांसदले प्रधानमन्त्रीलाई भेटेर यस्तो विश्वास दिइसकेका छौं।”

उनले संसदीय दलको नेताबाट हटाउने प्रयास भएमा त्यसलाई फेस गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेको र संसदीय दलमा प्रधानमन्त्रीका पक्षमा बहुमत सावित गर्न आफूहरू तयार रहेको बताएको समेत उल्लेख गरे। ८ वैशाखमा सरकारले ल्याएका दुईवटा अध्यादेशले सत्तारूढ नेकपाभित्र ठूलो तरंग ल्याएको थियो।

पार्टीभित्रको तरंगकै कारण प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्‌बाट अध्यादेश फिर्ता लिने निर्णय गरेसँगै राष्ट्रपतिले दुवै अध्यादेश खारेज गरिसकेकी छन्। दाहाल र नेपाल पक्षधर नेताहरूले त्यसयता यसबारे छलफल गर्न स्थायी समिति बैठकको माग गर्दै आएका छन्।

हिजो, १६ वैशाखमा अध्यक्षद्धय ओली र दाहालबीच भएको छलफलपश्चात् आज बेलुकी पाँच बजे नेकपाको केन्द्रीय सचिवालय बैठक बस्दैछ। सचिवालय बैठकको मुख्य अजेण्डा सम्भवतः दाहाल र नेपाल पक्षले माग गर्दै आएको स्थायी समिति बैठक बोलाउने कि नबोलाउने भन्ने हुनेछ।

सचिवालयमा अप्ठेरो परिस्थिति सिर्जना भए यो विषयलाई संसदीय दलमा लैजाने रणनीति ओलीनिकट नेताहरूले बनाएका छन्। “प्रधानमन्त्रीका बारेमा छिनोफानो गर्ने संसदीय दल हो, संसदीय दलमा मतदान भयो भने प्रधानमन्त्रीको पक्षमा पूर्ण बहुमत पुग्छ”, आलेले भने।

" /> काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र देखा परेको शक्ति संघर्ष रोचक मोडमा पुगेको छ।

"> नेकपाभित्रको शक्ति संघर्ष अंकगणितमा, प्रधानमन्त्री पक्षधर सांसदको पनि हस्ताक्षर तयार: Dekhapadhi
नेकपाभित्रको शक्ति संघर्ष अंकगणितमा, प्रधानमन्त्री पक्षधर सांसदको पनि हस्ताक्षर तयार

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्