प्रदेश २ काे राहत काेषमा एभरेष्ट बैंकद्वारा ६ लाख सहयाेग
<p>जनकपुर। कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि प्रदेश २ सरकारले स्थापना गरेको राहत कोषमा एभरेष्ट बैंकले ६ लाख रूपैयाँ प्रदान गरेको छ।</p>
<p>मुख्यमन्त्री लालबाबु राउतलाई बैंकका जनकपुरस्थित प्रतिनिधिहरूले आज सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।</p>
<p>राहतकोषमा प्राप्त रकम कोरोना रोग नियन्त्रणमा खर्च गरिनेछ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्