नेकपा सचिवालय बैठक बालुवाटारमा शुरू
काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुरू भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि बैठक शुरू भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले बताए।

सचिवालय बैठकमा पार्टीभित्र देखिएको विवाद समाधानका विषयमा छलफल हुनेछ।

सरकारले दुई अध्यादेश ल्याएपछि चर्किएको विवाद समाधान गर्न नेताहरूले सचिवालय बैठक बस्नुपर्ने माग गर्दै आइरहेका थिए।

पछिल्लो समयमा नेकपाभित्र विवाद उत्कर्षमा पुगेको देखिन्छ।

नेताहरू आफ्नो पक्षमा समर्थन बनाउन केहीदिनदेखि छलफललाई तीव्रता दिइरहेका छन्।

दुई अध्यक्षबीच हिजो बालुवाटारमा भएको छलफलपछि आज बैठक बस्ने टुंगो लागेको थियो।

आजको सचिवालय बैठकलाई निकै महत्वका साथ हेरिएको छ।

नेकपाभित्र दाहाल नेपाल समूहले स्थायी समिति बैठककोसमेत माग गरिरहेका बेला आजको बैठक महत्वपूर्ण हुने देखिएको छ।

सचिवालय बैठकअघि आज दिउँसो अध्यक्ष केपी शर्मा ओली पक्षधर सांसदहरू बालुवाटार पुगेर आफूहरू साथैमा रहेको विश्वास दिलाएका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्