काठमाडौं। ‘मुलुककै सबैभन्दा ठूलो तथा सरकार सञ्चालन गरिरहेको दल नेकपाभित्र देखिएको विवादले आमजनता निरास बनेका छन्। यस्तो जटिल अवस्थामा दलहरुबीच एकता र सहकार्य हुनपर्नेमा विवाद देखिनुलाई राम्रो मान्न सकिदैन। दलहरुबीच आन्तरिक एकता कायम गरेर संवाद, सहमति र सहकार्यबाट अगाडी बढ्न म हार्दिक अपिल गर्दछु,’ पूर्व सभामुख कृष्णबहादुर महराले आज, १७ वैशाखमा जारी गरेको विज्ञप्तिमा भनेका छन्।
राजनीतिक जीवनको शुरुआती दिनदेखि नै अध्यक्ष दाहालसँगै रहेका महराले अहिले नेकपाभित्र दुई अध्यक्षकाबीच विवाद बढेर हस्ताक्षर संकलन भइरहेका बला ‘सहमति र सहकार्यबाट अघि बढ्न’ आग्रह गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधरको पछिल्लो मोर्चाबन्दीले आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा रहेको सरकार अप्ठेरोमा परेको देखिएको बेला महराले विज्ञप्तिमार्फत् आफ्नो ‘पोजिसन’ स्पष्ट पारेका हुन्।
दुवै पक्षले सांसदहरूको हस्ताक्षर अभियान चलाइरहेका बेला महराको विज्ञप्ति आएको हो। महरा मात्र नभएर पूर्व माओवादी समूहका आधा दर्जनजति प्रभावशाली नेताहरूले अहिले जारी विवादमा अध्यक्ष दाहालको साथमा नउभिने स्पष्ट पारिसकेका छन्।
१५ वैशाखमा दाहालका विश्वासपात्र मानिने हरिबोल गजुरेल तथा जनार्दन शर्मा र नेता नेपाल निकटका सुरेन्द्र पाण्डेलगायत नेताहरूले हस्ताक्षर अभियान चलाएका बेला नेकपा स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले आफूले त्यो अभियानलाई समर्थन नगर्ने खुलेरै बताए। बिहानै दाहाल निवास खुमलटार पुगेर आफ्नो भनाइ राखेर आएका नेता रायमाझीले दिउँसो देखापढीसँगको कुराकानीमा भने, “अहिले देखिएका समस्या पार्टीभित्र छलफल गरेर टुङ्ग्याउनुपर्छ। सांसदहरूको हस्ताक्षरले पार्टीलाई विभाजनतिर लैजान्छ।”
रायमाझीसँगै दाहाल निवास पुगेर आफूले हस्ताक्षर नगर्ने नेता प्रभु साहले पनि दाहालसमक्ष स्पष्ट पारेका छन्।
अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पार्टीभित्रको विवादबारे निरन्तर सांसदहरूसँग छलफल गरिरहेका छन्। १५ वैशाख साँझ बालुवाटारमा भएको त्यस्तै बैठकमा नेता लेखराज भट्टसमेत पुगेर आफू प्रधानमन्त्रीको पक्षमा रहेको स्पष्ट पारेका थिए। उक्त भेलामा सहभागी सांसद सरिता न्यौपानेका अनुसार सुदूरपश्चिमका अन्य पाँच जना सांसद्सहित पुगेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भट्टले ‘कोभिड-१९ नियन्त्रण’ र देश विकासमा एकजुट भएर लाग्नुपर्ने बेला टुटफुट गर्ने कुराले कसैलाई फाइदा नपुर्याउने भन्दै आफूले प्रधानमन्त्रीलाई सहयोग गर्ने घोषणा गरेका थिए। त्यसपछि सार्वजनिक सञ्चारमाध्यममा पनि भट्टले आफ्नो त्यही भनाइ दोहोर्याएका छन्।
“मन्त्रीज्यूले आफ्नो सहयोग रहने घोषणा गर्नुभयो,” सांसद न्यौपानेले भनिन्, “उपस्थित हामी सबैले प्रधानमन्त्रीलाई छलफलबाट विवाद टुंग्याउन र देश विकासमा मज्जाले काम गर्न सुझाएका छौं। त्यसमा हाम्रो समर्थन रहने बताएका छौं।”
राष्ट्रिय सभामा नेकपा संसदीय दलका नेता रहेका पूर्व माओवादी नेता दिनानाथ शर्माले पनि आफू सरकार फेर्ने अभियानमा नरहेको स्पष्ट पारेका छन्। पूर्व एमाले र पूर्व माओवादी पार्टीका अध्यक्षको रूपमा केपी शर्मा ओली र पुष्पकमल दाहालको पहलमा पार्टी एकीकरण भएजस्तै यसलाई जोगाउन पनि दुई नेताले पहल लिनुपर्ने उनले बताए। “पार्टीमा केही समस्या छन् भने दुई नेताले बसेर छलफल गरेर टुङ्ग्याए हुन्छ,” उनले भनेका छन्, “अहिले सरकार फेर्ने कुरा गर्नुहुँदैन। त्यसले जनताको स्थितरताको चाहनालाई पनि पूरा गर्दैन। सबै नेता एकतालाई बलियो बनाउनतिर लाग्नुपर्छ।”
नेकपा केन्द्रीय सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापाले त सचिवालय बैठकमै प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थन गरेका छन्। प्रायः कुनै पक्ष नलिई मौन बस्न रूचाउने मन्त्री थापाले नेकपाको पछिल्लो सचिवालय बैठकमा खुलेरै आफूलाई प्रधानमन्त्री ओलीको पक्षमा उभ्याएका थिए।
८ वैशाखको मन्त्रिपरिषद् बैठले दुई अध्यादेश पास गरेर जारी गर्न राष्ट्रपतिलाई पठाएपछि बोलाइएको सचिवालयको बैठकमा ९ मध्ये अधिकांश सदस्यले अध्यादेशको विरोध गरिरहेका बेला थापाले संकटका बेला नेतृत्व थप बलियो बन्नुपर्ने भन्दै अध्यादेशको बचाउ गरेका थिए। “संकटकै बेला हो बलियो लिडरसिप चाहिने,” उनले भनेका थिए, “यस्तो राष्ट्रिय संकटका बेला सबैले नेतृत्वलाई सहयोग गर्नुपर्छ।”
अहिलेसम्म सँधै दाहालको पक्षमा उभिएका पूर्वमाओवादी नेताहरुले संवेदनशील यो घडीमा किन दाहाललाई साथ नदिने संकेत गरे त ? नेकपाका एक स्थायी समिति सदस्यका भनाईमा सरकार र पार्टी सञ्चालनमा समस्या भए पनि दाहालको मूभ त्योभन्दा आश्चर्यजनक देखिएकाले सँधै साथमा रहँदैआएका नेताहरु समेत सशंकित बनेका हुन्।
"समस्या छैन भन्ने होइन, तर यस्तो बेला पार्टी सरकार दुवैलाई संकटमा पार्ने काम किन गर्नुभो भन्ने बुझिनसक्नु छ", उनले भने। नेकपाका अर्का एक नेताले भने नेकपाभित्रको संघर्षमा भूराजनीतिक स्वार्थ प्रवेश गरेकाले त्यसको संकेत पूर्वमाओवादीमा देखिनथालेको बताए।
" /> काठमाडौं। ‘मुलुककै सबैभन्दा ठूलो तथा सरकार सञ्चालन गरिरहेको दल नेकपाभित्र देखिएको विवादले आमजनता निरास बनेका छन्। यस्तो जटिल अवस्थामा दलहरुबीच एकता र सहकार्य हुनपर्नेमा विवाद देखिनुलाई राम्रो मान्न सकिदैन। दलहरुबीच आन्तरिक एकता कायम गरेर संवाद, सहमति र सहकार्यबाट अगाडी बढ्न म हार्दिक अपिल गर्दछु,’ पूर्व सभामुख कृष्णबहादुर महराले आज, १७ वैशाखमा जारी गरेको विज्ञप्तिमा भनेका छन्।राजनीतिक जीवनको शुरुआती दिनदेखि नै अध्यक्ष दाहालसँगै रहेका महराले अहिले नेकपाभित्र दुई अध्यक्षकाबीच विवाद बढेर हस्ताक्षर संकलन भइरहेका बला ‘सहमति र सहकार्यबाट अघि बढ्न’ आग्रह गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधरको पछिल्लो मोर्चाबन्दीले आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा रहेको सरकार अप्ठेरोमा परेको देखिएको बेला महराले विज्ञप्तिमार्फत् आफ्नो ‘पोजिसन’ स्पष्ट पारेका हुन्।

">