कोभिड-१९ सँग लड्न कतार र यूएईले दिए २९ टन स्वास्थ्य सामग्री
काठमाडौं। कतार र यूएईले कोरोना भाइरस रोकथामका लागि नेपाल सरकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराएका छन्।

कतारले नेपाललाई सहयोगस्वरूप २० टन स्वास्थ्य सामग्री उपलब्ध गराएको छ।

आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल–हेलले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई सो स्वास्थ्य सामग्री हस्तान्तरण गरे।

कतारले पीपीई सेट, पीसीआर टेस्ट किट, एन–९५ मास्क, भीटीएस, सीआरआरटी मेसीन, सर्जिकल मास्क, सर्जिकल ग्लोब्स र स्यानिटाइजरलगायत १४ प्रकारका स्वास्थ्य सामग्री उपलब्ध गराएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले बताए।

आजनै यूएईले पनि स्वास्थ्य सामग्री उपलब्ध गराएको छ। यूएईले करीब ९ टन स्वास्थ्य सामग्री उपलब्ध गराएको हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्