‘अल्टिमेटम आकाश’ उपन्यासकाे लोकार्पण

काठमाडाैं। ‘अल्टिमेटम आकाश’ उपन्यास आज लोकार्पण गरिएको छ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्माचार्य र नेपाल नाट्यकला प्रज्ञा–प्रतिष्ठानका कुलपति रायन श्रेष्ठले संयुक्तरूपमा सो उपन्यासकाे लोकार्पण गरेका हुन्।

जनमत प्रकाशनले प्रकाशनमा ल्याएको सो कृतिका लेखक सन्तोष लामिछाने हुन्। यसअघि अमेरिका र बेलायतमा यसको अङ्ग्रेजी संस्करणमा लोकार्पण भइसकेको छ।

अमेरिकामा बसोबास गर्दै आएका लामिछानेको यसअघि ‘चामल खानेहरू र चौलानी पिउनेहरू’ कविता सङ्ग्रह प्रकाशित भएको छ।

उपन्यास विमोचन गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली साहित्यमा अभिरूचि राख्ने लेखकले नेपाली लबज भने बिगार्न नहुने राय व्यक्त गरेका थिए।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्माचार्य र साहित्यकार डा. जिवेन्द्रदेव गिरीले उपन्यास पठनीय र सङ्ग्रहनीय रहेको धारणा राखे। रासस

प्रतिक्रिया दिनुहोस्