बारामा कोरोना भाइरस संक्रमित बसेकाे क्षेत्र ‘सिल’ गरियाे
जनकपुर। प्रदेश २ मा आज थप तीनजनामा कोभिड-१९ पुष्टि भएपछि सो क्षेत्रमा उच्च सतर्कता बढाइएकाे छ।

बाराको जितपुरसिमरा-१९ र वडा नं. ७ मा बस्दै आएका काेराेना भाइरस संक्रमित दुई युवक बसेको क्षेत्रलाई सिल गरिएको सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले आज पत्रकार सम्मेलनमार्फत् जानकारी गराएका हुन्।

अर्का संक्रमित वीरगञ्ज–२ का हुन्। १४ वैशाखमा वीरगञ्जका दुईजनामा कोरोना पुष्टि भएपछि उनीहरूको ‘कन्ट्याक्ट ट्रेसिङ’को आधारमा तीनैजनाको खोजबिन गरी क्वारेन्टाइनमा राखिएको थियो।

तीनैजनालाई वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ।

प्रदेश २ मा अहिलेसम्म दुई हजार २१८ को स्वाबको नमूना सङ्कलन गरिएकामा एक हजार ३५० को रिपोर्ट नेगेटिभ आएको छ भने ८५६ को रिपोर्ट आउन बाँकी छ।

यस प्रदेशमा १० जना कोरोना संक्रमितमध्ये चारजना निकाे भएर घर फर्किसकेका छन् भने ६ जनाको उपचार भइरहेको छ।

अहिलेसम्म चार हजार ९१४ को आरडीटी गरिएको छ। यस प्रदेशमा एक हजार ४४३ क्वारेन्टाइनमा, चार हजार १७ जना होम क्वारेन्टाइनमा र १३ जना आइसोलेसनमा छन्। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्