काठमाडौं। कोभिड-१९ को महामारीसँग जुध्न गरिएको लकडाउन लम्बिदै जाँदा बजारमा दैनिक उपभोग्य वस्तु र निर्माण सामग्रीको अभाव बढ्न थालेपछि सरकारले उद्योग खोल्न दिने निर्णय गर्यो।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले बन्द उद्योगहरूलाई सञ्चालन गर्ने अनुमति दिनका लागि प्रोटोकल बनाएर लागू गर्ने निर्णय पनि गर्यो। त्यही प्रोटोकल पालना गरेर विभिन्न उत्पादनमूलक उद्योगहरू खुल्न थालेका हुन्।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार पछिल्लो एक सातामा सञ्चालनमा आएका उद्योगको संख्या उल्लेख्यरूपमा बढ्न थालेको छ। उद्योग सञ्चालनको वातावरण बनाउन गृह मन्त्रालय र उद्योग मन्त्रालयले समन्वय गरिरहेका छन्। उद्योग राज्यमन्त्री मोतीलाल दुगडले खाद्यान्न, औषधि र निर्माण सामग्री उत्पादन गर्ने उद्योग खुल्ने क्रम बढेको देखापढीलाई बताए।
गृह मन्त्रालयले लकडाउन पालनामा कडाइ गर्दा र कर्मचारी काममा आउन नमान्दा सञ्चालनमा आउन नसकेका उद्योगलाई अहिले गृह मन्त्रालयले नै सहजीकरण गरिरहेको छ। खर्चको समस्या पर्न थालेपछि कर्मचारी र कामदार पनि काममा आउन थालेका छन्।
सरकारको खुकुलो नीतिसँगै इलाम र झापामा रहेका चिया बगान (चिया उद्योग) सञ्चालनमा आइसकेका छन्।
उद्योग विभागका अनुसार खाद्यान्न उत्पादन गर्ने तराईका उद्योग र हेटौंडामा रहेका निर्माण सामग्री गर्ने उद्योग पनि खुलेका छन्।
गृहसचिव महेश्वर न्यौपानेले उद्योग सञ्चालनका लागि प्रोटोकल बनाइएको र सोही प्रोटोकलमा आधारित सुरक्षाका उपाए अनाएर उद्योग चलाउन सहजीकरण गरिरहेको बताए।
प्रोटोकल अनुसार कर्मचारीबीचको भौतिक दूरी कायम गर्ने, उद्योगमा अनिवार्य रुपले स्यानिटाइजर, मास्क, खाना तथा बास बस्ने व्यवस्था गरिनुपर्छ। उद्योगहरुलाई आवश्यक सहजीकरणका लागि सबै जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिइसकिएको न्यौपानेले बताए।
नेपाल उद्योग परिसंघका अध्यक्ष शतीश मोरले जिल्ला प्रशासन कार्यालयहरूले उद्योग सञ्चालनमा सहयोग गरिरहेको बताए। लकडाउनको समयमा सरकारले बनाएको प्रोटोकलमा रहेर उद्योग खोल्न दिइएको भए पनि निर्माण सामग्री उत्पादन गर्ने उद्योग भने आंशिकरूपमा मात्र खुल्न थालेको उनको भनाइ छ। मोरले भने, “बजारमा निर्माण सामाग्रीको चरम अभाव बढ्न थालेपछि केही उद्योगहरूले पूर्ण क्षमतामा नभई आंशिक क्षमतामा उत्पादन गर्न थालेका छन्। सरकारले पनि सहयोग गरिरहेको छ।”
सिमेन्ट उद्योग संघका अध्यक्ष धुव्र थापाले पनि पछिल्लो समय उद्योगीका लागि लकडाउन खुकुलो बनाइएको बताए। उनले भने, “गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वयमा उद्योग सञ्चालनको वातावरण बनेको छ। सिमेन्ट उद्योगहरूले सिमेन्टको कच्चा पदार्थ चुनढुंगा संकलन र उद्योग सञ्चालन दुवैको अनुमति पाएका छौं।”
उनले बजार बन्द रहेको अवस्थामा सिमेन्ट उद्योगभन्दा चुनढुंगा संकलनमा जोड दिइनुपर्ने बताए। “वर्षायाम शुरू भएपछि चुनढुंगा संकलनमा कठिनाइ हुन्छ। त्यसैले वर्षायाम शुरू हुनुअगावै चुनढुंगा संकलन गरिसक्नुपर्ने छ”, उनले भने।
उद्योग मन्त्रालयका अनुसार ग्यास र पानी उद्योग भने लकडाउनका क्रममा कहिले पनि बन्द भएनन्। अत्यावश्यक सेवाअन्तर्गत पर्ने औषधि उद्योग पनि यसबीचमा बन्द भएनन्। “तर, विविध कारणले बन्द भएका उद्योग पनि खुल्न थालेका छन्। त्यसका लागि हामीले आवश्यक वातावरण बनाइरहेका छौं”, उद्योग राज्यमन्त्री दुगडले भने।
अहिले सबै प्रकारका उद्योग खुल्न थाले पनि सरकारको प्राथमिक्तामा दैनिक उपभोग्य वस्तु तथा निर्माण सामाग्री उत्पादन गर्ने उद्योग छन्। उद्योग मन्त्रालयका अनुसार अहिले विभिन्न औद्योगिक क्षेत्रमा रहेका ४९.३० प्रतिशत उद्योग विभिन्न क्षमतामा सञ्चालन भइरहेका छन्। त्यस्तै, खाद्यान्न उत्पादन गर्ने ४० प्रतिशत उद्योग पनि करीब ५० प्रतिशत क्षमतामा सञ्चालन भइरहेको मन्त्रालयले जनाएको छ।
" /> काठमाडौं। कोभिड-१९ को महामारीसँग जुध्न गरिएको लकडाउन लम्बिदै जाँदा बजारमा दैनिक उपभोग्य वस्तु र निर्माण सामग्रीको अभाव बढ्न थालेपछि सरकारले उद्योग खोल्न दिने निर्णय गर्यो।कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले बन्द उद्योगहरूलाई सञ्चालन गर्ने अनुमति दिनका लागि प्रोटोकल बनाएर लागू गर्ने निर्णय पनि गर्यो। त्यही प्रोटोकल पालना गरेर विभिन्न उत्पादनमूलक उद्योगहरू खुल्न थालेका हुन्।

">