काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बसेको करिब तीन घण्टा लामो सचिवालय बैठक विना कुनै निष्कर्श टुंगिएको छ। बैठक २० वैशाखमा फेरि बस्ने भएको छ।
२० वैशाखको बैठकअघि अनौपचारिक गृहकार्य जारी राखिने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
पार्टीभित्रका समस्या सुल्झाउन यसबीचमा नेतृत्वले छुट्टै गृहकार्य गर्ने बैठकमा सहमति भएको हो। बैठक नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको संयुक्त अध्यक्षतामा बसेको थियो।
आजको बैठकमा पार्टीका आन्तरिक समस्या, पार्टी एकता सुदृढिकरणको महत्व, सरकारका काम र स्थायी कमिटीको बैठकका बारेमा छलफल भएको उनले बताए।
सचिवालय सदस्य एवं उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरलेले पनि पार्टी एकतालाई मजबुत बनाउने, सरकारले गरेका राम्रा कामको पक्षमा दृढतापूर्वक उभिने निर्णय गर्दै सचिवालय बैठक सम्पन्न भएको बताएका छन्।
२० वैशाखमा पुन: सचिवालयको बैठक बसेर अहिले देखिएका सबै विषयमा छलफल गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले बताए। र, आगामी बैठकले नै स्थायी समिति बैठकका बारेमा निर्णय लिने उनले बताए।
“आजको बैठकमा पार्टीभित्रका आन्तरिक समस्या, पार्टी एकताको सुदृढीकरणको महत्व, सरकार र केही कमरेडहरूले माग गर्नुभएको स्थायी कमिटीको बैठकका बारेमा र त्यससँग जोडिएका विविध पक्षहरूका बारेमा गम्भीर विचार-विमर्श भयो”, प्रवक्ता श्रेष्ठले भने, “छलफल जारी छ, यसबीचमा पार्टी नेतृत्व टीमले अनौपचारिक गृहकार्यको प्रक्रिया अगाडि बढाउँदै यही २० गते पुनः सचिवालयको बैठक बस्ने निर्णय गरेको छ।”
जनताले दिएको म्याण्डट अनुसार उपयुक्त निर्णय लिन आवश्यक कदम चाल्ने विषयमा पनि बैठकमा छलफल भएको उनले बताए।
“अबको सचिवालयको बैठकले यी सबै विषय, अहिलेको आवश्यकतासँग मेल खाने, पार्टीलाई एकतावद्ध ढंगले अगाडि बढाउने निर्णय लिनेछ, आवश्यक प्रस्ताव तय गर्नेछ। त्यसले नै स्थायी कमिटी बैठकबारे आवश्यक निर्णय गर्नेछ।”
नेकपामा पछिल्लो समय स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकको माग हुँदै आएको छ।
" /> काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बसेको करिब तीन घण्टा लामो सचिवालय बैठक विना कुनै निष्कर्श टुंगिएको छ। बैठक २० वैशाखमा फेरि बस्ने भएको छ।२० वैशाखको बैठकअघि अनौपचारिक गृहकार्य जारी राखिने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

">