काठमाडौं। नेपालमा आज कोरोना भाइरस संक्रमित तीनजना थपिएका छन्। बारामा दुई र पर्सामा एकजना नयाँ बिरामी थपिए।

योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ५७  पुगेको छ। यसमध्ये १६ जना निको भएर घर फर्किसकेका छन्। बाँकी ४१ जनाको स्वास्थ्य पनि सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा थप तीनजनामा कोरोनामा संक्रमण पुष्टि भएको हो।

तीनैजनालाई उपचारका लागि वीरगञ्जस्थित् नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका छन्।

आज भेटिएका संक्रमति यसअघि वीरगञ्जमा संक्रमित भेटिएका दुईजनासँगै सम्कर्पमा रहेको पुष्टि भएको मन्त्रालयले जनाएको छ।

उनीहरू एकसाथ भारतको दिल्लीबाट फर्किएका थिए।

आज थप तीनजनामा कोभिड–१९ पुष्टि भएपछि बारा–पर्सा उच्च सतर्कता बढाइएको छ।

बाराको जितपुरसिमरा–१९ र वडा नं. ७ मा बस्दै आएका कोरोना भाइरस संक्रमित दुई युवक बसेको क्षेत्रलाई सिल गरिएको छ।

अर्का संक्रमित वीरगञ्ज–२ का हुन्। १४ वैशाखमा वीरगञ्जका दुईजनामा कोरोना पुष्टि भएपछि उनीहरूको ‘कन्ट्याक्ट ट्रेसिङ’को आधारमा तीनैजनाको खोजबिन गरी क्वारेन्टाइनमा राखिएको थियो।

प्रदेश २ को सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेका अनुसार  अहिलेसम्म दुई हजार २१८ को स्वाबको नमूना संकलन गरिएकामा एक हजार ३५० को रिपोर्ट नेगेटिभ आएको छ भने ८५६ को रिपोर्ट आउन बाँकी छ।

प्रदेश २ मा १० जना कोरोना संक्रमितमध्ये चारजना निको भएर घर फर्किसकेका छन् भने ६ जनाको उपचार भइरहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार अहिले देशभर २२ हजार ९०१ जना क्वारेन्टाइनमा छन् भने ८७  जना आइसोलेसनमा छन्।

११ हजार ५३४ जनामा पीसीआर विधिबाट परीक्षण गरिएको छ भने ४५ हजार ६६५ जनामा आरडीटी परीक्षण गरिएको छ।

" /> काठमाडौं। नेपालमा आज कोरोना भाइरस संक्रमित तीनजना थपिएका छन्। बारामा दुई र पर्सामा एकजना नयाँ बिरामी थपिए।

"> कोरोना अपडेटः तीन बिरामी थपिए, बारामा संक्रमित बसेकाे क्षेत्र ‘सिल’: Dekhapadhi
कोरोना अपडेटः तीन बिरामी थपिए, बारामा संक्रमित बसेकाे क्षेत्र ‘सिल’

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्