प्लाज्मा थेरापीका लागि हलिउड अभिनेता ह्यांक्सले गरे रक्तदान
<p>लन्डन। हलिउड अभिनेता टोम ह्यांक्सले कोरोना भाइरसको अनुसन्धानका लागि आफे प्लाज्मा दान गरेका छन्। </p>
<p>गत महिना ह्यांक्स र उनकी पत्‍नी रिटा विल्सन कोरोना भाइरसको संक्रमणमा परेका थिए। उपचारपछि दुवै ठीक भइसकेका छन्। </p>
<p>बीबीसीका अनुसार संसारभरका वैज्ञानिक कोरोना भाइरस संक्रमणको उपचारका लागि प्लाज्मा थेरापीमाथि अध्ययन गरिरहेका छन्। </p>
<p>यस थेरापीका लागि कोरोना भाइरसको चपेटामा आएर ठीक भएका व्यक्तिको रगत लिएर नयाँ संक्रमितको उपचार गर्ने गरिएको छ। ठीक भएका व्यक्तिमा कोरोना भाइरससँग लड्ने एन्टी बडी बनिसकेको हुन्छ।</p>
प्रतिक्रिया दिनुहोस्