अमेरिकी अर्थतन्त्रमा सन् २००८ यताको तीव्र गिरावट
वासिङ्टन। कोभिड-१९ को महामारीका कारण अमेरिकी अर्थतन्त्रमा सन् २००८ यताकै तीव्र गिरावट देखिएको छ।
कोरोना भाइरस फैलिन नदिन लकडाउन लागू गरिएयता अर्थतन्त्रमा तीव्र गिरावट देखिएको हो।
बीबीसीका अनुसार यो तथ्यांकले निकट भविष्यको संकटको संकेत दिन्छ। किनकि, गत मार्चसम्म कोराना भाइरसको संक्रमण रोकथामका लागि कुनै प्रतिबन्ध लगाइएको थिएन।
अमेरिकी केन्द्रीय बैंकका उच्च अधिकारीहरूले कोभिड-१९ को महामारी संसारभरका लागि आर्थिक संकटको कारण बन्दै गएको बताए। अमेरिकाले संकटबाट बाहिर निस्किन केही नयाँ कदमहरू उठाइरहेको छ। र, ती कदम संकटबाट बाहिर ननिस्किएसम्म कायम रहने फेडरल रिजर्भका अध्यक्ष जेरोमी पावेलले बताए
गत मार्च मध्यमा दुई करोड ६० लाख अमेरिकीले बेरोजगारी भत्ताका लागि आवेदन दिइसकेका छन्। अमेरिकामा ऐतिहासिक रूपमा व्यापार, व्यवसाय ठप्प छन्। बेरोजगारी दर आगामी जुनसम्ममा ३० प्रतिशतभन्दा बढी हुने अनुमान सार्वजनिक भइरहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्