‘‘कक्षा तीनमा तेक्वान्दो पनि खेल्थें। त्यसपछि पाँच वर्षसम्म दुई खेल सँगसँगै गयो। बिहान टेबलटेनिस र बेलुका तेक्वान्दो खेल्थें,’’ नविता भन्छिन्, ‘‘पढाइलाई पनि अघि बढाउनुपर्ने, खेल पनि सँगै लैजानुपर्ने भएकाले दुवै खेल खेल्न सकिँदैनथ्यो। कक्षा आठमा पुगेपछि अब एउटा खेललाई व्यावसायिक रूपमा समात्नुपर्छ भन्ने लाग्यो। त्यसपछि मैले टेबलटेनिस नै रोजें।”
नवितालाई टेबलटेनिसमा ब्याट समाउन राकेश महर्जनले सिकाएका हुन्। गुरूचेलीको सम्बन्ध कतिबेला मायाप्रेममा बदलियो, उनीहरूले पत्तै पाएनन्। नौ वर्षसम्मको प्रेमसम्बन्धलाई उनीहरूले विवाहबन्धनमा परिणत गरे। वैवाहिक सम्बन्धले पनि सातौं बसन्त पार गरिसकेको छ।
अहिले उनीहरूको परिवार नै खेलमय छ। राकेश प्रशिक्षक, नविता नम्बर वान। रोचक त के भने नवितालाई अहिले सबैभन्दा चुनौती दिने खेलाडी हुन्, एलिना महर्जन। एलिना नविताकै नन्द हुन्। उनकी कान्छी नन्द एरिकाले पनि टेबलटेनिस नै खेल्थिन्। अहिले उनी खासै सक्रिय छैनन्।
नविताले सानै उमेरमा थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेकी छन्। सन् २००६ मा कोलकाता, २००८ मा कराँची र २००९ मा भारतकै जयपुरमा सम्पन्न जुनियर दक्षिण एशियाली टेबलटेनिस च्याम्पियनसिपमा उनले युगल र टिममा गरी पाँच काश्य पदक जितेकी थिइन्।
काठमाडौंमा सम्पन्न पाँचौं राष्ट्रिय खेलकुदबाट भने उनको यात्रा जुनियरबाट सिनियरतर्फ लागेको हो। पहिलो प्रयासमै उनी सेमिफाइनलसम्मको यात्रा तय गर्न सफल भइन्।
सेमिफाइनलमा उनको प्रतिद्वन्द्वी थिइन्, रिता प्रजापति। रितासँग उनी हारिन्। खेल हारिन् तर हिम्मत हारिनन्। त्यहाँबाट शुरू भएको सिनियरतर्फको यात्रामा सफल पाउन उनले लामो समय कुर्नपरेन।
ढाकामा सम्पन्न ११औं दक्षिण एशियाली खेलकुद (साग)को छनोट प्रतियोगितामा उनी नम्बर वान बन्न सफल भइन्। त्यही वर्ष विराटनगरमा सम्पन्न ३३औं राष्ट्रिय टेबल टेनिस च्याम्पियनसिप-२०६७ मा स्वर्ण जितिन्। त्यसपछि उनले फर्केर हेर्नु परेको छैन। २८ वर्षीया नविता त्यसयता कुनै पनि घरेलु प्रतियोगितामा पराजित भएकी छैनन्।
यसबीचमा उनी लगातार आठ पटक नेशनल च्याम्पियन बनिन्। यससँगै उनले आफ्नो नाममा कीर्तिमान पनि रचेकी छन्। यसअघि सिजरिन शाहको नाममा सात पटक नेशनल च्याम्पियन बनेको कीर्तिमान थियो।
लगातार नेपाली टेबलटेनिसमा आफ्नो प्रभुत्व जमाउन सफल भएकी नविता इन्डोनेसिया, कोरिया, ग्रिस, जापान, चीन, फ्रान्स र मलेसियालगायत मुलुकमा सम्पन्न विश्व च्याम्पियनसिपमा सहभागी भइसकेकी छन्। उनी विश्व वरियाताको ३४६औं स्थानमा छिन्। खेलमा मात्र केन्द्रित हुन नपाएका कारण पनि नेपाली खेलाडीलाई अघि बढ्न गाह्रो भइरहेको नविता बताउँछिन्।
‘‘नेपाली खेलाडीमा प्रतिभा नभएको होइन, छ। तर, हामी जुन स्तरमा पुग्न सक्थ्यौं, त्यो हुन सकेको छैन। हामीले जति एक्पोजर पाउनुपर्ने हो त्यो पाउन सकेका छैनौं,’’ नविताको दुःखेसो छ, ‘‘हामी खेलमा मात्र केन्द्रित हुन पाउँदैनौं। खेलसँगै घरपरिवार, पढाइ, भविष्य सबैतिर सोच्नुपर्छ। सरकारले थोरै मात्र सोच्यो भने पनि नेपाली खेलाडी धेरै माथि पुग्न सक्छन्।’’
महिला टेबलटेनिसमा कीर्तिमान खडा गरेकी नविता खेलाडी जीवनपछि प्रशिक्षणमा लाग्ने योजनामा छिन्। भन्छिन्, ‘‘खेलाडी जीवनपछिको लक्ष्य पक्कै पनि प्रशिक्षक नै हुन्छ। पक्कै, म पनि प्रशिक्षणमै लाग्छु।’’
उनको प्रशिक्षक बन्ने सपनालाई भने अहिले कोभिड-१९ महामारीले अल्पविराम लगाइदिएको छ। उनी टेबलटेनिस एकेडेमी खोल्ने तयारीमा थिइन्, त्यहीबेला महामारी नेपालसम्म आइदियो। जसले गर्दा उनको सबै काम रोकिएको छ।
‘‘लगभग ९० प्रतिशत काम सकिएको थियो। भारतबाट ल्याउने सामानहरू पनि तयारी अवस्थामा थिए। यही नयाँ वर्षको अवसर पारेर शुरूआत गर्ने योजना थियो। तर, लकडाउनका कारण अब त्यो सम्भव भएन,’’ आफ्नै निवासमा एकेडेमी बनाउने तयारीमा रहेकी नविताले भनिन्।
नविताको यो योजनामा उनको प्रायोजक कम्पनी स्ट्याग इन्टरनेशनलले साथ दिएको छ। टेबलटेनिसका खेलकुद सामग्री उत्पादन गर्ने कम्पनी स्ट्यागले नवितालाई जर्सी तथा अन्य सामानमा छुट दिएको छ। त्यसबाहेक पनि नविताको एकेडेमीका प्रशिक्षार्थीहरूले स्ट्यागसँग समन्वय गरेका २०२ देशमध्ये कुनै पनि ठाँउमा गएर सिक्न पाउँछन्।
‘‘मेरो लागि यो धेरै ठुलो सहयोग हो। यसका लागि मैले स्ट्यागसँग सम्झौता पनि गरिसकेकी छु,” उनले सुनाइन्।
त्यसो त, नविताले एकेडेमी खोल्नुअघि नै आफूलाई ‘गुरू’को रूपमा स्थापित गरिसकेकी छन्। उनको शिष्य स्यान्टु श्रेष्ठ अहिले पुरूषतर्फ नम्बर वान छन्। सानै उमेरमा स्यान्टुले आफूलाई अब्बल सावित गरिसकेका छन्।
नविताको एकेडेमी तीन टेबलबाट शुरु हुनेछ। प्रशिक्षार्थी बढ्दै जाँदा टेबल थप्नका लागि भने प्रशस्त ठाउँ रहेको उनी बताउँछिन्।
हुन त, तुलनात्मक रूपमा अन्य खेलभन्दा टेबलटेनिस छायामा परेको खेल हो। त्यसका बावजुद पनि टेबलटेनिस खेलेरै जीवनयापन गर्न सकिने नविताको बुझाइ छ।
‘‘विदेशी खेलाडीले पाउने सेवासुविधासँग तुलना गर्दा सन्तुष्ट हुन सक्दैनौं। तर, नेपालको परिस्थिति हेर्ने हो भने हामी सन्तुष्ट नै छौं। पहिलाभन्दा धेरै सुधार भएको छ। तर, अझै धेरै गर्न बाँकी छ,’’ नविता भन्छिन्, ‘‘खेलेर विलासी जीवन बिताउँछु भन्ने सोच्यो भनेचाहिँ सम्भव छैन। मान्छेले जीवनमा नेम फेम र अलिकति पैसा होस् भन्ने सोच्छ। त्योचाहिँ टेबलटेनिसबाट पनि पाउन सकिन्छ। कडा परिश्रम, मिहिनेत र लगनशीलता हुने भने नयाँ पुस्ताका लागि भविष्य सुनिश्चित छ।’’
लकडाउनका कारण घरमै बस्न बाध्य भए पनि उनले फिट रहनका लागि गर्ने सबै उपाय अपनाएकी छन्। सामान्य अवस्थामा दैनिक ४, ५ घण्टा अभ्यास गर्ने नवितालाई अहिले लैनचौरस्थित टेबलटेनिस हलको न्यास्रो लाग्न थालेको छ। भन्छिन्, ‘‘कहिले लकडाउन खुल्ला र लैनचौर गएर खेलुँजस्तो भइसक्यो।’’
" />‘‘कक्षा तीनमा तेक्वान्दो पनि खेल्थें। त्यसपछि पाँच वर्षसम्म दुई खेल सँगसँगै गयो। बिहान टेबलटेनिस र बेलुका तेक्वान्दो खेल्थें,’’ नविता भन्छिन्, ‘‘पढाइलाई पनि अघि बढाउनुपर्ने, खेल पनि सँगै लैजानुपर्ने भएकाले दुवै खेल खेल्न सकिँदैनथ्यो। कक्षा आठमा पुगेपछि अब एउटा खेललाई व्यावसायिक रूपमा समात्नुपर्छ भन्ने लाग्यो। त्यसपछि मैले टेबलटेनिस नै रोजें।”

">