मोरङ । स्थानीयबासीको अवरोधका कारण रोकिएको दुहबी–कटहरी ३३ केभी विद्युत् प्रसारण लाइन ४५ दिनभित्र निर्माण सम्पन्न गर्ने सहमति भएको छ ।
आज प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई, सांसद अमनलाल मोदी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, स्थानीय जनप्रतिनिधि र उद्योगी व्यवसायीको संयुक्त छलफलपछि निर्माण अघि बढाउने सहमति भएको हो ।
करीब तीन किलोमिटर प्रसारण लाइन बनाउन मोरङको ग्रामथान गाउँपालिकाका स्थानीयबासीले अवरोध गरेका थिए ।
उक्त क्षेत्रबाहेक अन्य स्थानमा प्रसारण लाइन निर्माण भइसकेको छ । उक्त क्षेत्रको निर्माण सकिएपछि प्रसारण लाइन र सबस्टेसनको चार्ज गरी सञ्चालनमा ल्याइने छ ।
दुहबी–कटहरी प्रसारण लाइन सञ्चालनमा आएपछि विराटनगर, कटहरी, रंगेली लगायतका क्षेत्रको विद्युत् आपूर्ति र भोल्टेजको समस्या समाधान हुने विद्युत् प्राधिकरणले जनाएको छ ।