कोभिड-१९ : युरोप र अमेरिकाका बालबालिकामा दुर्लभ बिरामी <p>लन्डन। युरोपेली मुलुकहरू र अमेरिकामा बालबालिकामा दुर्लभ प्रकारको बिरामीको लक्षण देखिएको चिकित्सकहरूले बताएका छन्।</p> <p>हालसम्म एक सय बालबालिकामा त्यस्तो लक्षण देखिएको उनीहरूको भनाइ छ। दुर्लभ तर खतरनाक प्रकारको त्यस बिमारीलाई चिकित्सकहरू कोरोना भाइरसको संक्रमणसँग जोडेर हेरेका छन्।</p> <p>शरीरमा रगत प्रवाह गर्ने रक्त धमनीहरू सुन्&zwj;निने समस्या बालबालिकामा देखिएको हो।&nbsp;</p> <p>बीबीसीका अनुसार हालसम्म बेलायत, अमेरिका, फ्रान्स, इटाली, स्पेन र स्विजरल्यान्डका बालबालिकामा उक्त दुर्लभ बिमारी देखिएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्