विमानस्थल तोडफोड गर्ने सांसद साह तारेखमा रिहा

जनकपुरधाम । उडान ढीलो भएको भन्दै जनकपुर विमानस्थलमा बुद्ध एयरको काउन्टर तोडफोड गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय जनता पार्टीका सांसद प्रमोदकुमार साह आज रिहा भएका छन्।

जिल्ला अदालत धनुषाका न्यायाधीश तेजनारायण पौडेलको इजलासले साहलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो।

साह राजपाको तर्फबाट सर्लाही क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद् हुन् ।

२७ असोजमा विमानस्थलमा तोडफोड गरेपछि साहविरुद्ध प्रहरीमा उजुरी परेको थियो। उनलाई २८ असोजमा काठमाडौंबाट प्रहरीले पक्राउ गरेर जनकपुर पठाएको थियो।

सरकारी वकीलको कार्यालयले साहविरुद्ध गैरसैनिक हवाई उडान ऐन २०१५ विपरीत अपराध गरेको भन्दै जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।

विमानस्थलमा भएको तोडफोडलाई गैरसैनिक हवाई उडान ऐन विपरीत अपराध भएको भन्ने सरकारी वकील कार्यालयको मागदावी नपुग्ने अदालतको प्रारम्भिक ठहर छ।

पढ्नुहोस्:

बुद्ध एअरको काउन्टर तोडफोड गर्ने सांसद साह पक्राउ

बुद्धको काउन्टर तोडफोड गर्ने सांसद्ले माफी मागे अनि विमान चढ्न पाए

सांसद साहलाई रिहा गर भन्दै जनकपुरमा राजपाको प्रदर्शन

प्रतिक्रिया दिनुहोस्