कोभिड-१९ का कारण चीनले रद्द गर्‍यो बोआओ फोरम
बेइजिङ। कोभिड-१९ को महामारीका कारण चीनले सन् २०२० को बोआओ फोरम रद्द गरेको छ।

फोरमको आधिकारिक वेबसाइटमा तत्काल बैठक नबोलाउने कठिन फैसला लिनु परेको उल्लेख छ।

कोभिड-१९ को महामारीको समयमा चीन सरकार, फोरमका सदस्यहरू सबैको अटुट समर्थनको सराहना पनि फोरमले गरेको छ।

बोआओ फोरमको वार्षिक सम्मेलन यस वर्ष २४-२७ मार्चका लागि तय भएको थियो।

उक्त मितिमा सम्मेलन स्थगित गरिएको थियो, अब रद्द गर्ने निर्णय चीनले लिएको हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्