स्वास्थ्य मन्त्रालयलाई एनआरएनएको सहयोग

काठमाडौं। गैर आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरिया र चीनले सरकारलाई कोभिड–१९ रोकथाम तथा उपचारमा प्रयोग हुने स्वास्थ्य सामग्री सहयोग गरेको छ।

संघका उपाध्यक्ष सोनाम लामाले उक्त सामग्रीहरु स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरे।

दक्षिण कोरियामा रहेका नेपालीहरुले यसअघि पनि टेष्ट किट, पीपीईलगायतका सामग्री उपलब्ध गराएको थियो।

आज ३१० थान थर्मोमिटर, दुई हजार थान फेस सिल्ड, एक हजार थान एन ९५ मास्क, २० हजार थान डिस्पोजेबल मास्क, एक हजार थान ह्याण्ड ग्लोब्स र दुई हजार पीपीई गाउन उपलब्ध गराएको छ।

यस्तै एनआरएनए चीनले ह्याण्ड ग्लोब्स ३० हजार थान, डिस्पोजेबल मास्क २० हजार थान एन ९५ मास्क एक हजार ४५० थान उपलब्ध गराएको छ।

सामान बुझ्दै मन्त्री ढकालले संकटको समयमा साथ दिनेहरू नजिकको र भरपर्दो हुने बताए।

प्रतिक्रिया दिनुहोस्