सोलुखम्बु। लकडाउनमा विभिन्न ठाउँमा अलपत्र परेका चार हजार ५०० भन्दा बढीलाई लाई उद्धार गरिएको छ।
थुलुङदूधकोशी गाउँपालिकाले सबैभन्दा धेरै एक हजार १९८ जना र सबैभन्दा कम सोताङ गाउँपालिकाले २९९ जनाको उद्धार गरेको छ।
थुलुङदूधकोशी गाउँपालिकाले काठमाडौंमा अलपत्र परेकाहरूलाई गाउँसम्म ल्याएको प्रमुख प्रशासकीय अधिकृत अविलाल राईले जानकारी दिए।
यस्तै सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङ्बु शेर्पा र उपमेयर कल्पना राईसमेत काठमाडौं पुगेर ७९९ जनाको उद्धार गरेको नगरप्रवक्ता सारदामाया तामाङले बताइन्।
नेचासल्यानले काठमाडौंबाट ५९६ जनाको उद्धार गरेको गाउँपालिकाका अध्यक्ष डुफकुमार बाँस्तोलाले बताएका छन्।
माप्यदूधकोशी गाउँपालिकाले ५७० जनाको उद्धार गरेको गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले जानकारी बताए।
महाकुलुङले ४७६ जनाको उद्धार गरेको छ भने खुम्बु पासाङ ल्हामु गाउँपालिकाले ३२० जना र लिखु पिके गाउँपालिकाले करीब ३०० जनाको उद्धार गरेको सम्बन्धित गाउँपालिकाले जनाएका छन् ।
१२ वैशाखदेखि जिल्लाका विभिन्न स्थानीय तहले उद्धार कार्य शुरु गरेका थिए। रासस
" /> सोलुखम्बु। लकडाउनमा विभिन्न ठाउँमा अलपत्र परेका चार हजार ५०० भन्दा बढीलाई लाई उद्धार गरिएको छ।थुलुङदूधकोशी गाउँपालिकाले सबैभन्दा धेरै एक हजार १९८ जना र सबैभन्दा कम सोताङ गाउँपालिकाले २९९ जनाको उद्धार गरेको छ।

">