सिन्धुपाल्चोकमा सामाजिक संजालबाटै विद्यार्थी भर्ना अभियान
मेलम्ची। पाँचपोखरी थाङ्पाल गाउँपालिकाका सामुदायिक विद्यालयहरूले सामाजिक संजालमार्फत् विद्यार्थी भर्ना अभियान थालेका छन्।
फेसबुक मेसेन्जर, फोनलगायतको अनलाइन प्रविधिको प्रयोग गरेर भर्ना शुरू गरिएको गाउँपालिकाका अध्यक्ष टासी लामाले बताए।
दुई साताअघि गाउँपालिकाका सबै सामुदायिक विद्यालयले अनलाइनबाटै एकदेखि ९ कक्षासम्मको परीक्षाफल प्रकाशित गरिसकेका छन्।
पाँचपोखरी थाङ्पाल गाउँपालिका शिक्षा समितिको बैठकमा कोभिड-१९ को जोखिमलाई मध्यनजर गर्दै सम्बधित वडाका वडाध्यक्षसँग समन्वय गरी विद्यालयले भर्ना अभियान शुरू गर्ने निर्णय भएको थियो ।
यस गाउँपालिकामा २९ वटा सामुदायिक विद्यालय छन् भने झण्डै तीन हजार विद्यार्थी अध्ययनरत् छन् । रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्