म्याद नाघेको वस्तु बिक्री गर्ने काष्ठमण्डप खाद्य उद्योगलाई तीन लाख जरिवाना
काठमाडौं। म्याद नाघेको तयारी खाद्य पदार्थ बिक्री गरेको भेटिएपछि काष्ठमण्डप खाद्य उद्योगलाई तीन लाख रूपैयाँ जरिवाना गरिएको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको बजार अनुगमनका क्रममा म्याद नाघेको तयारी खाद्य पदार्थ बिक्री गरेको पाइएपछि उद्योगलाई जरिवाना गरिएको हो।

विभागका अनुसार आज अनुगमन गर्दा उद्योगले म्याद नाघेको खाद्य वस्तु उत्पादन र बिक्री गरेको भेटिएको थियो।

उपभोक्ता संरक्षण ऐन २०७५ को १६(२)(क) बमोजिम अनुचित व्यपारिक क्रियाकलाप गरेकाले ३८ (ङ) को कसुरमा ३९ (१)(ख) बमोजिम तीन लाख रूपैयाँ जरिवाना गरेको विभागले ट्वीट गरेर जनाएको छ।

यसअघि सोही उद्योगमा उत्पादित २५० ग्रामको लाखमरी बढी मूल्यमा बेचेको पाइएपछि वाणिज्य विभाले भाटभटेनी सुपरमार्केटलाई तीन लाख जरिवाना गरिसकेको छ।

कारवाहीपछि भाटभटेनीले काष्ठमण्डप उद्योगबाट उत्पादित ल्याएको लाखमरी बेचेको र त्यसको मूल्यसमेत सोही उद्योगले निर्धारण गरेको बताएको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्