इटहरी जनता क्याम्पसको क्वारेन्टाइनमा रहेकामध्ये २० जनाको कोभिड-१९ रिपोर्ट नेगेटिभ

इटहरी। जनता क्याम्पसको क्वारेण्टाइनमा राखिएकामध्ये २० जनाको कोभिड-१९ नतिजा नेगेटिभ आएको छ।

इटहरी उपमहानगर स्वास्थ्य शाखा प्रमुख रामचरण चौधरीका अनुसार कोशी अस्पताल विराटनगरमा गरिएको पीसीआर परीक्षणमा उनीहरूको रिपोर्ट नेगेटिभ आएको हो।

उनीहरूको दुई दिनअघि थ्रोट स्वाब संकलन गरेर पठाइएको थियो।

जनता क्याम्पसको क्वारेण्टाइनमा रहेका १२ जनाको यसअघि नै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण नतिजा नेगेटिभ आएको चौधरीले बताए।

क्वारेण्टाइनमा रहेका अन्यको पनि नमूना संकलन भइरहेको छ। क्याम्पसको क्वारेन्टाइनमा १३ नेपाली, ६० भारतीय र सातजना पाकिस्तानी नागरिक छन्।

प्रतिक्रिया दिनुहोस्