काठमाडौं। जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले नेकपाका सांसदद्वय महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्वआइजीपी सर्वेन्द्र खनालविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन्।
आज दिउँसो आयोगको कार्यालय पुगेर सांसद यादवले आयोगका कार्यावाहक अध्यक्ष प्रकाश वस्तीलाई उजुरी दिएका हुन्।
आयोगका सचिव वेद भट्टराईले सांसद यादवले उजुरी दिएको र उक्त उजुरी आयोगले दर्ता गरेको देखापढीलाई बताए।
“आयोगले उजुरीको अध्ययन गर्छ। मानव अधिकारको विषय लगायतका बारेमा हेरेर प्रहरीलाई उजुरी नलिएका विषयमा जानकारी माग गर्छ”, उनले भने, “सांसद यादवको मानवअ धिकारको रक्षा लगायत परिवारको सुरक्षाका विषयमा पनि हेर्छौं।”
शुरूमा आफू अपहरणमा नपरेको प्रतिक्रिया दिँदै आएका सांसद यादवले पछि भने अपहरण भएको बताउँदै आएका छन्।
उनले तीनैजनाविरुद्ध अपहरण तथा शरीर बन्धक सम्बन्धी जाहेरी लिएर शुरूमा महानगरीय प्रहरी परिसर काठमाडौं पुगेका थिए। त्यहाँ प्रहरीले जाहेरी दर्ता गरेन। पुनः उनी सरकारी वकीलको कार्यालय काठमाडौंमा जाहेरी दिन गएका थिए।
जिल्ला सरकारी वकीलको कार्यालयलेसमेत अध्ययन गर्न समय चाहिने भन्दै जाहेरी दर्ता गर्न अस्वीकार गरेको थियो। त्यसपछि उनी निवेदन लिएर आयोग पुगेका हुन्।
" /> काठमाडौं। जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले नेकपाका सांसदद्वय महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्वआइजीपी सर्वेन्द्र खनालविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन्।आज दिउँसो आयोगको कार्यालय पुगेर सांसद यादवले आयोगका कार्यावाहक अध्यक्ष प्रकाश वस्तीलाई उजुरी दिएका हुन्।

">