काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोइरालाले कोभिड-१९ को महामारीबाट सृजित संकटको यो बेला पार्टीगत र राजनीतिक स्वार्थभन्दा माथि उठेर एकताबद्ध ढंगले जनताको स्वास्थ्य र समस्या समाधानमा लाग्न अपील लगेका छन्।
भिडिओ सन्देशमार्फत् नेता कोइरालाले लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने मजदूर, श्रमिक, न्यून आय भएका व्यक्ति, गर्भवती महिला र दीर्घ बिरामीले भोग्नुपरेका समस्यालाई सम्बोधन गर्नुपर्नेमा जोड दिए।
सिमानामा अलपत्र र विदेशमा अप्ठ्यारोमा परेका नेपालीको उद्धार गर्नेबारेमा कोइरालाले सरकारको ध्यानाकर्षण गराएका छन्। रासस
" /> काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोइरालाले कोभिड-१९ को महामारीबाट सृजित संकटको यो बेला पार्टीगत र राजनीतिक स्वार्थभन्दा माथि उठेर एकताबद्ध ढंगले जनताको स्वास्थ्य र समस्या समाधानमा लाग्न अपील लगेका छन्।भिडिओ सन्देशमार्फत् नेता कोइरालाले लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने मजदूर, श्रमिक, न्यून आय भएका व्यक्ति, गर्भवती महिला र दीर्घ बिरामीले भोग्नुपरेका समस्यालाई सम्बोधन गर्नुपर्नेमा जोड दिए।
सिमानामा अलपत्र र विदेशमा अप्ठ्यारोमा परेका नेपालीको उद्धार गर्नेबारेमा कोइरालाले सरकारको ध्यानाकर्षण गराएका छन्। रासस
">