काठमाडौं। लकडाउनको समय लम्बिँदै जाँदा यसका असर विभिन्न क्षेत्रमा पर्न थालेका छन्। अर्थतन्त्रमा यसले पारेको असरबारे त प्रशस्त चर्चा हुने गरेको छ। दैनिक जीवन खलबलिएको पनि प्रष्ट देखिएको छ। त्यस्तै असर परेको छ, रक्त सेवामा पनि।

रक्त सेवा अर्थात् मानिसको ज्यानसँग प्रत्यक्ष जोडिन पुगेको विषय। लकडाउनका कारण रगत संकलन कम भएकाले र बिस्तारै माग बढ्न थालेकाले रगतको अभाव देखिन थालेको हो।

लकडाउनको अघिल्लो दिन, गत १० चैत २०७६ मा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्त सञ्चार सेवा केन्द्रबाट २०० युनिट रगत लगिएको थियो। सामान्यतः यहाँबाट दैनिक २५० देखि ३५० युनिटसम्म रगत लैजान गरिएको केन्द्रका निर्देशक डा. मनिता राजकर्णिकार बताउँछिन्।

लकडाउन शुरू भएको भोलिपल्ट जम्मा ४३ युनिट मात्र रगत लगिएको थियो। तर, त्यसको २५ दिनपछि भने एक्कासी माग बढ्न थाल्यो।

“६ वैशाखमा १०७ युनिट रगत माग भयो। यसपछिका हरेक दिन करीब ८५ युनिटका दरले रगतको माग भइरहेको छ”, डा. राजकर्णिकार भन्छिन्।

लकडाउनका शुरूका दिनमा रगतको माग घटे पनि अहिले बढ्दै जानुको कारणबारे डा. राजकर्णिकार भन्छिन्, “सरकारले नै अति आवश्यक बाहेकका नियमित स्वास्थ्य जाँच र शल्यक्रिया समेत नगर्न भनेको थियो। तर, लकडाउनको समय लम्बियो। त्यसैले अस्पतालमा बिरामी बढेको हुनसक्छ। नियमित अप्रेसन पनि केही समयका लागि पो रोक्न सकिएला। अब त समय लम्बियो। अप्रेसन गर्नुपर्ने हुनसक्छ। त्यसैले पनि माग बढेको हुनसक्छ।”

रगत अति आवश्यक पर्दा रगतदाता खोज्ने काम गर्दै आएको संस्था, फ्रि क्विक ब्लड सेन्टर नेपालका अध्यक्ष अर्जुन थापा पनि लकडाउनका दिन बढ्दै जाँदा रगतको माग बढेको बताउँछन्।

“लकडाउन अघि त रगत आवश्यक पर्‍यो भन्दै निकै फोन आउँथ्यो नै। लकडाउन शुरू भएपछि फोन आउन कम भएको थियो। पछिल्लो तीन दिनदेखि दैनिक कम्तिमा पनि पाँच वटा फोन आउन थालेको छ। विभिन्न अस्पतालमा भएका बिरामीको लागि रगत चाहियो भन्नुहुन्छ”, थापा भन्छन्।

रक्त सञ्चार केन्द्रमा भेटिएका उमेश पण्डितले रगतको खोजीमा धेरै ठाउँमा धाउन परेको बताए। उनका आफन्तको शहीद गंगालाल हृदय केन्द्र, बाँसबारीमा उपचार भइरहेको छ। उनले गंगालाल अस्पताल, शिक्षण अस्पताल, प्रहरी अस्पताल कतै पनि रगत नपाइएपछि केन्द्रीय रक्तसञ्चार सेवामा पुगेको बताए। भने, “२ युनिट रगतका लागि यहाँ आएको छु। एक युनिट पाएँ। एक युनिट आफैंले दिएर अस्पताल लैजाँदैछु।”

त्यस्तै, वीर अस्पतालमा बिरामी छोडेर रगतको खोजीमा रक्तसञ्चार सेवामा पुगेका रामशरण श्रेष्ठले पनि ४ युनिट मागेकोमा २ युनिट मात्र पाए।

घटेका छन् रक्तदाता

लकडाउनका कारण रगत संकलनमा कमी आएकाले पनि माग अनुसारको रगत पुर्‍याउन गाह्रो भएको डा. राजकर्णिकार बताउँछिन्।

लकडाउन भए पनि केन्द्रीय रक्तसञ्चार सेवाले रगत संकलनलाई भने निरन्तरता दिएको छ।  तर, सामान्य अवस्थामा जस्तो बृहत कार्यक्रम गर्न नसक्दा रगत संकलनको दर भने घटेको उनी बताउँछिन्।

भन्छिन्, “सामान्य अवस्थामा केन्द्रीय रक्तसञ्चार सेवाले मात्र दैनिक २५० युनिट भन्दा बढी रगत संकलन गर्थ्यो। तर, अहिले त्यसको आधा पनि रगत संकलन हुन गाह्रो भइरहेछ।”

रक्तदाताको अभाव हुँदा रगत संकलनमा कमी भएको उनले बताइन्। रक्तदाता र स्वंयसेवीहरूको कमी हुँदा विभिन्न ठाउँमा गएर रगत संकलन गर्ने मोबाइल क्याम्प दुई दिन स्थगित गर्नुपरेको उनले जानकारी दिइन्। रगत संकलन स्थानमा पनि बढीमा २५ जना रक्तदाता जम्मा हुने गरेको उनले बताइन्।

“आज (१७ वैशाख)मा भएको रगत संकलनमा २५ जना रक्तदाता पुग्लान् भनेको जम्मा १७ जना भए”, डा. राजकर्णिकारले दुःखेसो पोखिन्।

रगत संकलनलाई गम्भिरतापूर्वक नलिने हो भने भयावह अवस्था आउन सक्ने डा. राजकर्णिकारको अनुमान छ। त्यस्तो स्थिति नआओस् भनेर केन्द्रीय रक्त सञ्चार सेवाले रगत संकलनलाई तीव्रता दिइरहेको उनले बताइन्।

“यसो गरिएन भने कोरोनाको त्रास त छँदैछ धेरैले रगतको अभावमा ज्यान गुमाउन बाध्य हुने परिस्थिति आउनसक्छ”, डा. राजकर्णिकार भन्छिन्।

" /> काठमाडौं। लकडाउनको समय लम्बिँदै जाँदा यसका असर विभिन्न क्षेत्रमा पर्न थालेका छन्। अर्थतन्त्रमा यसले पारेको असरबारे त प्रशस्त चर्चा हुने गरेको छ। दैनिक जीवन खलबलिएको पनि प्रष्ट देखिएको छ। त्यस्तै असर परेको छ, रक्त सेवामा पनि।

"> लकडाउनका बेला किन बढ्दैछ रगतको अभाव ? (भिडिओसहित): Dekhapadhi
लकडाउनका बेला किन बढ्दैछ रगतको अभाव ? (भिडिओसहित)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्