चन्द समूहका चारजना पक्राउ
पर्वत। नेत्रविक्रम चन्द समूहका कास्की जिल्ला सेक्रेटरीसहित चारजनालाई पर्वत प्रहरीले पक्राउ गरेको छ।

जिल्ला अदालत पर्वतको आदेशमा जनही पाँच हजार धरौटीमा छुटेका चन्द समूह कास्की जिल्ला सेक्रेटरी रोल्पा गङ्गादेव गाउँपालिका–२ का ४१ वर्षीय जंगबहादुर भण्डारी, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य भोजपुर नगरपालिका–१२ का २६ वर्षीय मिलन राई, अखिल क्रान्तिकारी कास्की जिल्ला अध्यक्ष गोरखा सुलिकोट गाउँपालिका–६ का २७ वर्षीय काजी गुरुङ र बागलुङ ढोरपाटन नगरपालिका-६ का चन्द समूह समर्थक ३१ वर्षीय महेन्द्र भण्डारीलाई पुनः पक्राउ गरेको हो ।

प्रहरी हिरासतमा रहेका चारैजनालाई पर्वत जिल्ला अदालतले २८ असोजमा जनही पाँच हजार धरौटी बुझाउने गरी रिहा गर्न आदेश दिएको थियो।

आदेशअनुरूप रकम बुझाउन नसकेपछि उनीहरूलाई कारागार चलान गरिएको थियो।

१ कात्तिकमा अदालतमा धरौटी बुझाएपछि प्रहरीले पुनः पक्राउ गरेको छ।

उनीहरूलाई राज्यविरुद्धको कसूर गरेको आरोप लगाउँदै  २५ जेठमा संयुक्त बैठक बसिरहरेको बेला गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय पर्वतमा पठाएको थियो।

गिरफ्तार चारैजनालाई जिल्ला प्रहरी कार्यालय बागलुङ पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्