आज दिउँसोसम्म बैतडी र दार्चुला भएर १९८० नेपाली स्वदेश भित्रिए
कैलाली। गएको १३ चैतदेखि भारतको पिथौरागढस्थित् धार्चुला र झुलाघाटका क्वारेन्टाइनमा रहेका नेपाली मजदुरको बिहानैदेखि उद्धार भइरहेको छ।

क्वारेन्टाइन अवधि सकिए पनि नेपाल प्रवेशको अनुमति नपाउँदा समस्यामा परेका उनीहरूको आज बिहानैदेखि उद्धार भइरहेको हो।

दिउँसो साढे ३ बजेसम्म दार्चुलाका दुई वटा नाका भएर एक हजार २५३ जना दार्चुला भित्रिएका छन्।

जसमा बैतडी, बझाङका नागरिकलाई दत्तु नाका भएर प्रवेश गराइएको छ।  त्यहाँबाट अहिलेसम्म ८७७ जना नेपाल भित्रिसकेका छन्।

दार्चुला लगायत अन्य जिल्लाकालाई खलंगा नाका भएर प्रवेश दिइएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए। उनले अहिलेसम्म खलंगा नाका भएर ३७६ जना भित्रिएको बताए।

साँझ ६ बजे सम्म उद्धार जारी रहने जनाइएको छ। क्वारेन्टाइनमा राखिएकाहरूको उद्धार शुरू भएपछि भारतमा रहेका अन्य नेपाली पनि आज फर्किन थालेका छन्।

धार्चुला र आसपासको क्षेत्रमा काम गर्दै आएका नेपालीहरू धमाधम फर्किन थालेका हुन्।

त्यस्तै, बैतडीको झुलाघाट नाका भएर अहिलेसम्म ७२७ जना नेपाल भित्रिसकेको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए।

उनले अझै पनि मानिस आउनेक्रम जारी रहेको बताउँदै उद्धारपछि उनीहरूलाई सम्बन्धित् स्थानीय तहमा पठाउन शुरू गरिएको बताए।

उद्धार गरिएका सबैलाई सम्बन्धित् स्थानीय तहका क्वारेन्टाइनमा राख्ने गरी पठाउने सहमति भएको स्थानीय प्रशासनले जनाएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्