काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शिशुलाई स्तनपान गराउँदा कोभिड-१९ नसर्ने बताएको छ।
नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिलेसम्मको अध्ययनले स्तनपानबाट शिशुलाई कोरोनाको संक्रमण नदेखिएको भन्दै आश्वस्त पारेका छन्।
स्तनपानबाट कोरोना भाइरस संक्रमण पुष्टि नभएको भन्दै देवकोटाले स्तनपानलाई निरन्तरता दिनु आवश्यक रहेको बताए।
उनले कोभिड-१९ को लक्षण देखिएका वा क्वारेन्टाइनमा रहेका आमाहरुले स्तनपान गराउँदा स्वास्थ्य सुरक्षासम्बन्धी सावधानीका उपाय अवलम्बनमा ध्यान दिन आग्रह गरे।
“कसैलाई ज्वरो, रुघाखोकी देखिएका वा क्वारेन्टाइनमा बसेकाहरुले स्तनपान गराइरहनु भएको होला”, उनले भने,“स्तनपान गराउँदा आवश्यक सबै स्वास्थ्यका सुरक्षाका बारेमा भने सचेत हुनु जरुरी देखिन्छ।”
बालबालिकासँग सम्पर्कमा रहनुअघि वा पछि अनिवार्य रूपले मास्क, स्यानिटाइजर र साबुनपानीले हात धुन मन्त्रालयले सचेत गराएको छ।
मन्त्रालयले आमालाई कुनै समस्या भए दूध निकालेर सफा रूपले खुवाउन सकिने प्रष्ट पारेको छ।
" /> काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शिशुलाई स्तनपान गराउँदा कोभिड-१९ नसर्ने बताएको छ।नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिलेसम्मको अध्ययनले स्तनपानबाट शिशुलाई कोरोनाको संक्रमण नदेखिएको भन्दै आश्वस्त पारेका छन्।

">