अछाम अस्पतालको आइसोलेसनमा उपचाररत् महिलाको मृत्यु, थ्रोट स्वाब परीक्षण गरिँदै

कैलाली। ज्वरो आएपछि अछाम जिल्ला अस्पतालको आइसोलेसनमा उपचाररत् एक महिलाको मृत्यु भएको छ।

मंगलसेन नगरपालिका-५ की ५१ वर्षीया देवु सार्कीको आज बिहान मृत्यु भएको अछामका कोभिड-१९ सम्पर्क व्यक्ति देवदत्त जोशीले बताए।

जोशीका अनुसार ज्वरो आएपछि ती महिलालाई तीन दिनअघि अस्पताल भर्ना गरिएको थियो।

आरडीटी विधिबाट गरिएको उनको कोभिड-१९ परीक्षणको नतिजा नेगेटिभ आएपछि थ्रोट स्वाब संकलन गरिएको थिएन्।

तर, आज बिहान मृत्यु भएपछि थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि सुर्खेत पठाईएको जोशीले जानकारी दिए।

भारतमा रहेका उनका छोरा केही साता अगाडि घर आएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्